Aamsanchar

एउटै सङ्गीतमा ३२१ कलाकारको स्वर

Author Image
आइतवार, वैशाख २६, २०७३

song

एउटै सङ्गीतमा ३२१ कलाकारले स्वर दिने भएका छन् ।

मुलुकमा पछिल्लोपटक बिग्रँदै गएको जलवायु परिवर्तनको संरक्षण र सम्बद्र्धनका लागि एउटै सङ्गीतमा ३२१ जना कलाकारले चेतनामूलक जानकारी दिन लागेका हुन् ।

कलाकार निपेश ढाकाको अग्रसरतामा आगामी जेठ ६ गते ३२१ लोकप्रिय कलाकारको आवाजमा वातावरणसम्बन्धी चेतनामूलक गीत रेकर्ड गराइने भएको हो । ढाकाले उक्त अभियानलाई ‘गिनिज बुक अफ द वल्र्ड रेकर्डस्’मा दर्ता गरिने जानकारी दिनुभयो ।

उक्त सङ्गीत रेकर्डका लागि रेडियो नेपालको चारवटा स्टुडियो प्रयोग गरिने र ३३ मिनेट ४९ सेकेन्डको हुनेछ । यसलाई म्युजिक भिडियो बनाएर वातावरणसम्बन्धी चेतनामूलक अभियानका रुपमा देशभर प्रचारप्रसार गरिनेछ ।

ढाकाले दिनानुदिन मुलुकमा वातावरणीय ह्रास भइरहेको र यसले प्राकृतिक सन्तुलन, वातावरणीय सुन्दरतालगायत मानवीय जीवनमा नकारात्मक असर पु¥याएको भन्दै यस्तो अभियान सञ्चालन गरेको बताउनु भयो ।

उहाँले मुलुकका विभिन्न ५३ जिल्लामा गएर वातावरणबाट हुने असरका बारेमा छायाङ्कन गरी वृत्तचित्र निर्माण गरेको र वृत्तचित्र नेपाली र अङ्ग्रेजी दुवै भाषामा रहेको उल्लेख गर्नु भयो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर