Aamsanchar

यूएईमा झापाली समाजको भलिबल

Author Image
आइतवार, वैशाख २६, २०७३

v
भरत शिवाकोटी/ मणि सुबेदि
अबुधाबी,(युएई)

झापाली समाज युएई सारजाह क्षेत्रीय समितीको आयोजनामा ६ मे २०१६ का दिन युएई स्तरिय खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । झापाली समाज युएई केन्द्रिय समितिसँगै सम्पुर्ण क्षेत्रीय समितीका पदाधिकारीहरुको उपस्थितिमा समाजका कार्यवाहक अध्यक्ष मोहन शिवाकोटीले सारजाहको अलवाहादा खेल मैदानमा औपचारिक रुपमा सुरुवात गर्नुभएको उक्त प्रतियोगितात्मक खेलमा युएईका विभिन्न क्षेत्रका १३ वटा टिमको सहभगिता रहेको थियो । भिन्न भिन्न टिटी फर्म्याट वेष्ट अफ थ्री मा सम्पन्न भएको उक्त खेलमा खेलाडीहरुबाट अत्यन्त उत्कृष्ट खेल प्रदर्शन गरिएको थियो भने विजयी टिमहरु क्रमश, एन आर एन सारजाह प्रथम, अल क्वुज मंगोलियन दोश्रो र बाग्लुङ्ग सेवा समाज तेस्रो भएका थिए ।
विजयी खेलाडिहरूलाई झापाली समाज युएईका संरक्षक हेमन्त पौडेल, कार्यवाहक अध्यक्ष मोहन शिवाकोटी र केन्द्रीय तथा क्षेत्रीय पदाधिकारिहरुबाट संयुक्त रुपमा नगद पुरस्कार क्रमशः १२०० दिराम , ६०० दिराम र ४०० दिरामका साथमा प्रमाण पत्र र मेडलहरु प्रदान गरिएको थियो । यस्तै खेललाई अनुशासित र मर्यादामुलक रुपमा सन्चालन गर्नुहुने रेफ्रीहरु र अन्य सहयोगिहरुलाई आयोजकका तर्फबाट स(धन्यबाद सहित प्रशंसा पत्र प्रदान गरिएको थियो । खेलको मुख्य उदेश्य युएईमा रहेका नेपाली खेलाडीहरुको खेल क्षमता अभिवृद्धि गर्नु रहेको आयोजक समितीका संयोजक राम कुमार राउतले जानकारी दिनु भएको छ । सोही कार्यक्रमका बीच झापाली समाज युएईले आफ्नो संस्थाको तर्फबाट २०७३ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ ।
स्थापनाको छोटो अवधिमा झापाली समाज युएईले यस भन्दा अघी घरेलु कामदारमा युएई आएर अलपत्र परेकी झापाली चेलीलाई स्वदेश फिर्ता गर्न आर्थिक तथा जिन्सी सहयोग गरेको थियो भने सो भन्दा अगाडि झापा घर भएर युएईमा ज्यान गुमाएका व्याक्तिहरु तथा केही मिर्गौला पीडितहरुलाई आर्थिक सहयोग उपलब्ध गराउदै एक बालिकाको पठनपाठनको निमित्त अक्षय कोसको स्थापना समेत गरिसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर