Aamsanchar

संवादबाटै सीमाङ्कनबारे निक्र्योल ः उपप्रधानमन्त्री थापा

Author Image
शुक्रवार, वैशाख ३१, २०७३

kamal thapa

विराटनगर, ३१ वैशाख । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रदेशको सीमाङ्कनबारे निक्र्योल गर्न उच्चस्तरीय राजनीतिक समिति बनाइएकाले वार्ता र संवादबाटै समाधान निकाल्न सकिने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज उहाँले प्राविधिक विषय उठाएर मधेसी मोर्चाले वार्तामा बस्न नचाहेको जस्तो देखिएकाले अनावश्यक माग राखेर मुलुकमा अस्थिरता कायम गर्न नहुने बताउनुभयो ।

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीसमेत रहनुभएका उपप्रधानमन्त्री थापाले संविधानमा उल्लेख भएअनुसार नै सरकारले मङ्सिरमा स्थानीय निकायको निर्वाचन गराउन लागेको जानकारी दिनुभयो ।

उहाँले प्रमुख राजनीतिक दलले स्थानीय निकायको निर्वाचनको विरोध गर्नु उपयुक्त नभएको बताउँदै सरकार राजनीतिक दलसँग निर्वाचनका बारे छलफलका लागि तयार रहेको जानकारी दिनुभयो ।

सरकार परिवर्तनको हल्लामात्र भएको भन्दै उहाँले आगामी संसद्को निर्वाचन वर्तमान सरकारले नै गराउने बताउनुभयो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)