![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
काठमाडौँ।
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आमसञ्चार क्षेत्रको विकास र विस्तारका हिसाबले सरकारको आगामी बजेट ‘वाहीवाही’ हुने बताउनुभएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को पहिलो राष्ट्रिय भेलाको आज यहाँ उद्घाटन गर्र्दै उहाँले भन्नुभयो – “आगामी बजेटमा सञ्चार क्षेत्रका धेरै कुरा समावेश गरेर ल्याइने छ ।” सञ्चार क्षेत्रलाई ठीक ढङ्गले अघि बढाउन नयाँ आमसञ्चार नीतिनिर्माणलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउँदै मन्त्री राईले भन्नुभयो – “अबको मुलुक निर्माणमा साँच्चिकै प्रभावकारी र सशक्त ढङ्गबाट भूमिका प्रस्तुत गर्न आमसञ्चार नीति निर्माण अघि बढाइएको हो ।
न्यूनतम पारिश्रमिक निर्धारण, श्रमजीवी पत्रकार दुर्घटना बिमा जस्ता कार्यक्रम कार्यान्वयनका लागि निर्णय भइसकेको बताउँदै उहाँले नेपालको संविधानले सबैको अधिकारलाई समानुपातिक र समावेशी सिद्धान्तका आधारलाई सुनिश्चित गरेको विषय सञ्चारमाध्यमले आमजनता माझ पु¥याउन आवश्यक छ भन्नुभयो ।
नेकपा (एमाले)का सांसद पेम्बा भोटेले मुलुकको विविधताभित्रको विभेदलाई अन्त्य नगरेसम्म समृद्धि प्राप्त गर्न सकिन्न भन्ने पक्षलाई राम्ररी बुझन आवश्यक छ भन्नुभयो ।