Aamsanchar

ठगी गर्ने पेट्रोल पम्पका संचालक जेल चलान

Author Image
बुधवार, जेठ ५, २०७३

pump

बनेपा  ।

उपभोक्ता ठगेको आरोपमा काभ्रेपलाञ्चोकमा थप एउटा पेट्रोलपम्पका सञ्चालकलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ ।

नारायण आयल स्टोर, जनगालका सञ्चालक धनश्याम खत्रीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले थुनामा राख्न आदेश दिएको हो ।

लामो समयदेखि फरार रहेका उनी अदालतमा आएर बयान दिएपछि पूर्पक्षका लागि अनुसन्धान गर्न भन्दै कारागार चलान गरेको श्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

जिल्लाका ६ वटा पेट्रोलपम्पमा मेसिन जडान गरी उपभोक्ता ठग्दै आएको अनुगमनको क्रममा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ६ वटै पम्पका सञ्चालकलाई उपभोक्ता ठगी र कालोबजारीमा मुद्दा चलाएको थियो ।

खत्रीले २०७२ साल असार ४ गतेदेखि २०७२ मङ्सिर १० गतेसम्म रु ११ लाख ५४ हजार ४२२ ठगी गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)