![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![fish1](http://aamsanchar.com/wp-content/uploads/2016/05/fish1.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
वीरगन्ज ।
पर्सामा वार्षिक करिब नौ हजार मेट्रिक टन माछा उत्पादन हुन थालेको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
सरकारले अभियानमुखी मत्स्य कार्यक्रम तथा माछापोखरी निर्माण विशेष योजना लागु गरेपछि यति धेरै परिमाणमा माछा उत्पादन हुन थालेको हो । किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन विगत छ वर्षदेखि कार्यक्रम सञ्चालन गरिँदै आएको हो ।
कृषि विकास कार्यालयका सूचना तथा प्रचारप्रसार अधिकृत मुन्नीलाल प्रसादका अनुसार योजना कार्यान्वयनमा आएपछि अहिले प्रतिहेक्टर ४ दशमलव ५ मेट्रिक टनका दरले माछा उत्पादन हुने गरेको छ । विगत चार वर्षमा करिब ४१ हेक्टर क्षेत्रफलमा नयाँ माछापोखरी निर्माण भएका छन् ।
आर्थिक वर्ष २०६७÷६८ मा १५ हेक्टर, आव २०६८÷६९ मा ११ हेक्टर, आव २०६९÷७० मा छ हेक्टर र आव २०७०÷७१ मा १० हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माण भएका छन् । माछापोखरी निर्माणका लागि प्रतिहेक्टर रु एक लाखका दरले किसानलाई अनुदान उपलब्ध गराइएको छ ।
जिल्लामा अहिले ३४० हेक्टरमा माछापालन व्यवसाय सञ्चालन गरिँदै आएको छ भने वार्षिक करिब एकहजार ५०० मेट्रिक टन माछा खपत हुने गरेको छ । उत्पादनमा वृद्धि भएपछि यहाँका किसान माछापालनबाट आत्मनिर्भर भएका छन्, । “अहिले स्वदेशी उत्पादनले जिल्लाको आवश्यकता पुरा गरेको छ ।
यहाँ उत्पादित माछा भारतको सीमावर्ती बजार एव्म पोखरा, मलेखु र काठमाडौँसम्म पुग्ने गरेको छ । उत्पादन अभिवृद्धिका लागि केही किसानलाई माछापोखरीमा अक्सिजन उत्पादन गर्ने एयरेटर मेसिन र दाना उत्पादन गर्ने प्लेटिङ मेसिन निःशुल्क उपलब्ध गराइएको कृषि कार्यालयले जनाएको छ । जिल्लामा हाल ८६५ जना कृषकसँग एक हजार ६० वटा पोखरी रहेको बताइएको छ ।