Aamsanchar

युवा शक्ति नेपाल पार्टीको माग यस्तो

Author Image
बुधवार, जेठ ५, २०७३

YSP Nepal f
विराटनगर ।

युवा शक्ति नेपाल पार्टीले संघीय गठवन्धनले राखेका माग सम्बोधन गर्न सरकारसाग माग गरेको छ । वार्तामार्फत राजनीतिक सहमतिमा समस्याको समाधान खोज्न युवा शक्तिले माग गरेको छ ।
युवा शक्ति नेपालका अध्यक्ष मनोज खनाल र वरिष्ठ उपाध्यक्ष शंकर भट्टराईद्वारा आज जारी विज्ञप्तीमा मुलुक अस्तव्यस्त हुने गरी मधेशी मोर्चाले ६ महिना आन्दोलन गरेको स्मरण गर्दै तत्काल संघीय गठबन्धनले राखेका जायज माग सम्बोधन गर्न माग गरिएको छ । ‘संघीय गठबन्धनले पहिलो चरणको आन्दोलन सम्पन्न भएपछि १२ दिनको नयाा आन्दोलन घोषणा गर्ने तयारी गरेको छ, यसले मुलुक अझै जटिल मोडतर्फ धकेलिने निश्चित छ’ विज्ञप्तिमा भनिएको छ – ‘सरकारको अटेरी व्यवहारले मुलुक दलदलमा फास्दैछ । त्यसैले वर्तमान सरकार समस्या समाधानका लागि गम्भीर बन्नुपर्छ ।’
शान्तिपूर्ण आन्दोलनमा भएको दमनको युवा शक्तिले विरोध गरेको छ । नागरिकलाई पटकपटक सडकमा उत्रिन बाध्य नपार्न पनि पार्टीको माग छ । ‘खड्गप्रसाद ओली नेतृत्वको सरकारले नागरिकलाई जिस्क्याएर गम्भीर गल्ती गरिरहेको छ’, विज्ञप्तीमा भनिएको छ – ‘नागरिकको अधिकार कुण्ठित गर्न खोजिए त्यसको परिणाम घातक हुनसक्छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर