Aamsanchar

पूर्वमा रासायनिक मल चाहिएजति

Author Image
शनिवार, जेठ ८, २०७३

विराटनगर ।

पूर्वाञ्चलमा यस वर्ष खेतीका लागि आवश्यक पर्ने रासायनिक मल पर्याप्तरुपमा सञ्चित गरिएको छ । विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ संस्थानले धानबाली खेतीका लागि पर्याप्त मल सञ्चित गरेको हो ।

कृषि सामग्री कम्पनीको गोदाममा १४ हजार मेट्रिक टन युरिया, चार हजार ३०० मेट्रिक टन डिएपी र २६२ मेट्रिक टन पोटास रहेको सो कार्यालयले जनाएको छ । मोरङ जिल्लाका लागि आठ हजार ३०० मेट्रिक टन युरिया, दुई हजार ३०० मेट्रिक टन डिएपी र ७० मेट्रिक टन पोटास भण्डारण गरिएको हो ।

तेस्रो मुलुकबाट आयातीत रासायनिक मल कोलकोत्ता बन्दरगाह हुँदै विराटनगर भित्रिने गर्छ । आज थप पाँच हजार मेट्रिक टन मल भित्रिने सो कार्यालयका प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो ।

पूर्वाञ्चलको धनकुटा, इटहरी, इलाम, विर्तामोड, लहान, राजविराज र गाईघाटको गोदाममा आवश्यकताअनुसार मल यतिखेर मौज्दात छ । पूर्वाञ्चल क्षेत्रमा यस वर्ष धानखेतीका लागि पर्याप्त मल उपलब्ध हुने देखिएको छ । मल भित्रिएपछि मोरङको कटहरी, राजविराज, लहान र चन्द्रगढी थप गोदामको व्यवस्था गरिएको कार्यालय प्रमुख श्रीवास्तवले बताउनुभयो ।

त्यसैगरी, विराटनगरस्थित साल्ट ट्रेडिङको गोदाममा १० हजार मेट्रिकभन्दा बढी रासायनिक मल मौज्दात अवस्थामा रहेको र थप ६४५ मेट्रिक टन रासायनिक मल एक दुई दिनमै भित्रिने सो कार्यालयका प्रमुख नवीनचन्द्र झाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर