झापा ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
झापाको विर्तामोड-भद्रपुर सडकखण्डमा पर्ने भद्रपुर बसपार्क नजिकै आज बिहान मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाहुनडाँगी-२ निवासी रोशन पोखरेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । विर्तामोडबाट भद्रपुर तर्फ जाँदै गरेको मे ४ प ८६८२ नम्बरको मोटरसाइकलले दुई दिन अघि बालकलाई ठक्कर दिएको र उपचारका क्रममा बिएन्डसी हस्पिटलमा आज मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले बताए ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता बिहीबार साँझ झापाको शनिश्चरेमा भएको मोटरसाइकल दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा शनिअर्जुन नगरपालिका-८ कालिस्थान निवासी २० वर्षीया उषा रिजाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
बा ७३ प ६३० नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको र उपचारका लागि विर्तामोडस्थित विएन्डसी हस्पिटल पुर्याइए पनि उपचारकै क्रममा राति मृत्यु भएको बताइएको छ ।
चालक र सवारीलाई आज बिहान नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक जनार्दन घिमिरेले जानकारी दिए ।