Aamsanchar

झापामा राप्रपा नेपालले हिन्दुत्व जागरणमार्फत शक्ति प्रदर्शन गर्दै

Author Image
शनिवार, जेठ २२, २०७३

rppn

बिर्तामोड ।
राप्रपा नेपाल झापाले विर्तामोडमा बृहत हिन्दु जागरणसभा मार्फत शक्ति प्रदर्शन गर्ने भएको छ । देश व्यापी रुपमा हिन्दु जागरणसभा आयोजन गर्दै आएको राप्रपा नेपालले झापाको विर्तामोडमा जोष्ठ २४ गते सोमवार बृहत हिन्दु जागरणसभाको आयोजना गरीएको जानकारी पत्रकार सम्मेलन मार्फत दिएको हो ।

पार्टीका महामन्त्री राजेन्द्र लिङ्गदेनले विर्तामोडको जिल्ला पार्टी कार्यालयमा आज आयोजीत पत्रकार सम्मेलनमा जागरणसभाको जानकारी दिदै शक्ती प्रदर्शन समेत गरीने जानकारी दिनुभयो ।

पार्टीका अध्यक्ष एवम उपप्रधानमन्त्री कमल थापाले सम्वोधन गर्ने कार्यक्रममा जिल्लाभरवाट पार्टी कार्यकर्ता जागरणसभामा सहभागी हुने जानकारी दिईएको छ । कार्यक्रममा पार्टीका अन्य केन्द्रिय नेता तथा धर्म गुरुहरुसमेत सहभागी हुने लिङ्गदेनले वताउनु भयो ।

हिन्दु राष्ट्र कायम गर्न देशव्यापी अभियानमा जटेको वताउदै महामन्त्री लिङ्गदेनले गाउ गाउमा राप्रपा नेपालमा प्रवेश गर्नेको लहर चलेको वताउनु भयो । सो क्रममा आजै मात्र झापाको दक्षिणी गावीस पाठामारी, वालुवाडी र राजगढमा ३सय ५० कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेको जानकारी दिनुभयो ।

वर्तमान सरकार परिवर्तनको कुनै परिस्थीत सृजना नभएको जानकारी दिदै उहाले यही सरकारले स्थानीय निकाय र संसदीय निर्वाचन गराउने दावी गर्नुभयो ।

सिंगो पार्टी जिल्ला कार्यसमिती जागरण अभियान भव्य र सफल वनाउन केन्द्रीत रहेको जानकारी दिदै झापा अध्यक्ष अम्वर विष्टले जेष्ठ २५ गते हुने जिल्ल अधिवेशनवाट सहमतीय आधारमा नयाा समीती चयन हुने वताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)