Aamsanchar

विर्तामोडमा थर्ड होम क्याफे,कफीको सबै स्वाद र तालिम

Author Image
शनिवार, जेठ २२, २०७३

c1

बिर्तामोड ।
झापाको विर्तामोडमा थर्ड होम क्याफे एण्ड वारिष्टा ट्रेनिङ्ग सेन्टर सञ्चालनमा आएको छ ।
विदेशमा लामो अनुभव संगालेर स्वदेशमै केही गरौं भन्ने सोचका साथ युवा व्यवसायी राम तिवारीले थर्ड होम क्याफे एण्ड वारिष्टा ट्रेनिङ्ग सेन्टर सञ्चालनमा ल्याएका हुन् ।
बितामोडको मेघा कम्लेक्समा सञ्चालन गरिएको थर्ड होम क्याफे एण्ड वारिष्टा ट्रेनिङ सेन्टरको झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरुले शनिबार उद्घाटन गरे ।

c2

थर्ड होम क्याफेका सञ्चालक राम तिवारीले नयाा सोचका साथ सञ्चालन गर्न लागिएको र कफी हाउस तथा कफीसम्बन्धी तालिम दिने केन्द्रको रुपमा यसलाई विकास गरिने बताए ।
स्थानीय तहमा अन्तर्राष्ट्रिय स्तरको कफी संस्कृतिको अनुभव, स्तरीय ग्राहक सेवा र स्थानीय पुस्तालाई कफी हाउससम्बन्धी विशिष्ट प्रशिक्षण प्रदान गर्नु संस्थाको मुख्य लक्ष्य रहेको तिवारीले प्रष्ट्याए ।
‘नेपाल कफी उत्पादन र त्यसको व्यवसायिक कृषि क्षेत्रमा ठूलो सम्भावना बोकेको क्षेत्र हो’– तिवारीले भने– ‘निकट भविष्यमा रोष्टिङ प्लान्टको स्थापना गरी यसको बजारीकरणको सम्भावित अध्ययन पनि गर्नेछौं ।’

 

c3
प्रभाकर कडरीयाको सभापतित्वमा सम्पन्न कार्यक्रममा परिचय आवासका प्रवन्धक सारदा थपलियाले शुभकामना मन्तव्य राखेका थिए । अध्यक्ष काडरियाले नयाा सोच, आकर्षक र भव्य व्यवस्थापनमा शुरु भएको थर्ड होम क्याफे कफी संस्कृतिको आधुनिक अभ्यासलाई स्थानीयबासी समक्ष प्रस्तुत गर्ने संस्थाको मूल उद्देश्यमा सफल हुने बताए ।
कार्यक्रममा स्वागत टि आर क्षेत्रीले गरेका थिए । कार्यक्रमको सञ्चालन सरोज पौडेल र जयन्ती आचार्यले संयुक्त रूपमा गरेका थिए ।
उक्त संस्थाबाट तालिम लिएर विदेश जानेले रोजगारी र शुरुवातमै राम्रो तलब पाउने पनि सो अवसरमा बताइयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर