Aamsanchar

राजदुत राममणि बेल्जियममा सम्मानित

Author Image
आइतवार, जेठ २३, २०७३
rammani_pokharel
ब्रुसेल्स, बेल्जियम-
नेपालको राष्ट्रिय गौरव र पहिचान विश्वशान्तिका प्रणेता भगवान गौतम बुद्ध र उहाँको शान्ति र अहिंशाको सन्देश विश्वभर फैलाउनुका साथै बुद्धको जन्मस्थल लुम्बिनी, नेपाल उपर विश्व जगतमा भएका भ्रमहरुलाई निराकरण गर्ने उद्देश्य सहित संचालित लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानको उद्देश्यहरुलाई उल्लेखनीय सहयोग पुर्याउने कार्यहरु गरेकाले युरोपियन युनियन तथा बेनेलक्सका लागि नेपाली राजदुत राममणि पोखरेललाई लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानले उहाँको कार्यकाल सकिएको सन्दर्भ पारेर सम्मान गरेको छ ।
अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ, अस्ट्रेलियाको निर्णय र निर्देशनमा अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्य र बेल्जियमका साहित्यकार एवं अभियानका बेल्जियम संयोजक विमल गिरीले संयुक्तरुपमा ब्रुस्सेल्स्स्थित राजदुतावास निवासमा राजदुत पोखरेललाई खादा ओढाएर सम्मान गरेका हुन् ।
१ डिसेम्बर २०११ मा नेपाल पर्यटन बोर्डको सभाहलमा काठमाडौँमा सम्पन्न अभियानको तेस्रो वार्षिकोत्सवमा अभियानले संयुक्त राष्ट्र संघ अन्तरगतको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयको पिस प्यालेसमा शान्तिका प्रणेता बुद्धको प्रतिमा प्रतिस्थापनाको लागि नेपाल सरकारलाई आवस्यक कारवाही अगाडी बढाउन अनुरोध गरे अनुसार राजदुत पोखरेलको सक्रियतामा २४ जुन २०१३ का दिन २ १/२ फीट उचाईको बुद्धको प्रतिमा अन्तर्राष्ट्रिय न्यायालयको पिस प्यालेसमा प्रतिस्थापना गरिएको थियो ।
त्यसै गरि राजदुत पोखरेलको प्रायोजनमा बुद्ध नेपालको लुम्बिनीमा ६२३ बिसी मा जन्मेको सन्देश लेखिएको सुनको जलप लगाएको बुद्धको प्रतिमा अभियानका प्रतिनिधिमार्फत नर्वेजियन नोवेल इन्स्टीच्युटलाई १२ फेब्रुअरि २०१४ का दिन उपहारस्वरुप प्रदान गरिएको थियो ।
२७ मार्च  २०१४ का दिन स्विडेनको पाठ्यक्रममा बुद्धको जन्मस्थल विषयमा रहेको गलत सूचनालाई सच्च्याउन अभियानले सुरु गरेको कुटनीतिक पहललाई सार्थक बनाउन राजदुत पोखरेलले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँको क्रियाशिलतामा सातौं गणतन्त्र दिवसको सन्दर्भमा ब्रुस्सेल्स्स्थित राजदुतावास निवासको प्राङ्गनमा २९ मई २०१४ का दिन ३ फिट उचाईको बुद्धको शिलाबाट निर्मित बुद्ध नेपालको लुम्बिनीमा ६२३ बिसी मा जन्मेको सन्देशसहितको प्रतिमा प्रतिस्थापन गर्ने कार्य भयो ।
४ अक्टोबर २०१४ का दिन बेल्जियमको चौद्फोन्तेन नगरपालिकाका मेयर डानियल बच्क़ुएलैनेलाई राजदुत पोखरेलले ३ फीट उचाईको धातुको बुद्धको प्रतिमा र बुद्ध नेपालको लुम्बिनीमा ६२३ बिसी मा जन्मेको सन्देशसहित लेखिएको धातुको प्लेट समेत उपहारस्वरूप नेपाल सरकारका तर्फबाट प्रदान गर्नुभएको थियो ।
उहाँको सद्प्रयासबाट १२ अप्रिल २०१५ का दिन नेदरल्याण्डको देल्फ्तस्थित विश्व कला केन्द्रलाई ३ फिट उचाईको बुद्धको  धातुबाट निर्मित बुद्ध नेपालको लुम्बिनीमा ६२३ बिसी मा जन्मेको सन्देशसहितको प्रतिमा उक्त कला केन्द्रको प्राङ्गनमा प्रतिस्थापन गरियो । यसरि नै राजदुत पोखरेलको  पहलमा १६ जून २०१५ का दिन बेल्जियमको अन्त्वेर्प नगरपालिकाको कास्टेल डेन ब्रान्द्त पार्कमा करिव ३ फिट उचाईको शिलाबाट निर्मित बुद्धको प्रतिमा प्रतिस्थापन गर्ने कार्य भयो ।
२९ अप्रिल २०१६ का दिन राजदुत पोखरेलको पहलमा नेदरल्याण्डको लाइडेनस्थित वोल्केंकुन्दे संग्रहालयमा बुद्ध नेपालको लुम्बिनीमा ६२३ बिसी मा जन्मेको सन्देशसहित लेखिएको ३ फीट उचाईको बुद्धको प्रतिमा प्रतिस्थापन गरियो ।
राजदुत पोखरेलले बेल्जियमको इपर नगरपालिकामा पनि बुद्धको प्रतिमा प्रतिस्थापन गर्न पत्राचार गर्नुभएको थियो तर त्यो अस्विकार भए पछि जर्मन र ब्रिटिस नेतृत्वको गठबन्धन सैनिक फौज बीच युद्ध भएको विश्व युद्दको केन्द्रको रुपमा रहेको इपरमा विश्व युद्दमा शहादत प्राप्त गरेका नेपाली गोर्खा सैनिकहरुको सम्झनामा गोर्खा सैनिकको स्मारक स्थापना गरेर विश्व मन्चमा नेपालीको पहिचान गराउने कार्य गरेका छन् । राजदुत पोखरेलका यी समग्र कार्यहरुबाट उनको सफल कुटनीति उजागर भएको छ ।
राजदुत पोखरेलका यी सद्कार्यहरुले अन्य नेपाली कुटनीतिक नियोगमा रहेर कार्य गर्दै आएका राजदुतहरुलाई समेत नेपालको राष्ट्रियता र पहिचानलाई विश्वजगतमा प्रचार-प्रसार गर्न  प्रेरित गर्ने विश्वास गर्न सकिन्छ ।
नेपालको राष्ट्रियता र पहिचानलाई विश्व मन्चमा परिचित गराएर नेपालको पर्यटन प्रवर्धन गर्ने उल्लेखनीय कार्य गरेकाले अभियानले उहाँको सद्कार्यहरुको उच्च मुल्यांकन गर्दै उहाँलाई हार्दिक सम्मान गरेको जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर