भक्तपुर।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले नयाँ संविधानलाई सबैले स्विकारेर कार्यान्वयनको बाटामा लाग्नुपर्ने बताउनुभएको छ ।
ठिमीमा नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणाका सन्दर्भमा आयोजित अन्तक्र्रियामा उहाँले नयाँ संविधानमा रहेको अपूर्ण विषयलाई पूर्णता दिँदै कार्यान्वयनको पक्षमा सबैलाई लाग्न आग्रह गर्नुभयो । मधेसी, आदिवासी, जनजाति, महिला र गरिब वर्गको अधिकारलाई संविधान संशोधन मार्फत पूर्णता दिएर संविधानको कार्यान्वयनको बाटामा लाग्नुपर्ने उहाँको भनाइ थियो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
दश वर्षभित्र गरिबी र बेरोजगारीको अन्त्य, १५ वर्षभित्र विकसित देश र २५ वर्षभित्र संसारकै धनी देश बनाउने लक्ष्य रहेको बताउँदै उहाँले भन्नुभयो, “यो हाम्रै पालोमा हुनुपर्छ, त्यसका लागि स्थायी सरकार र प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्छ ।”
भारत र चीन बीचमा नेपालले गतिशील पुल बनेर सन्तुलित सम्बन्ध राखी राष्ट्रिय स्वाधीनता र सार्वभौम सत्ताको रक्षा गर्नुपर्ने उहाँले बताउनुभयो