Aamsanchar

चुनावका लागि सरकारको नियत प्रष्ट छैन– देउवा

Author Image
आइतवार, जेठ २३, २०७३

पोखरा ।

Sherbahadur_Deuba_214716162-1

कंग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निकाय र प्रादेशिक चुनावका लागि वर्तमान सरकारको नियत प्रष्ट नभएको बताउनुभएको छ ।

चिप्लेढुंगास्थित पार्टी कार्यालयमा आज आयोजित कार्यकर्ता भेलामा उहाँले भन्नुभयो, ‘गणतन्त्र संस्थागत गर्नका लागि स्थानीय निकाय र प्रादेशिक निर्वाचन आवश्यक छ । तर, अहिलेको सरकारको नियत चुनाव गराउने देखिएको छैन ।’

निर्वाचन नगराई मुलुकको प्रान्तीय संरचना दिगो नहुने भनाइ राख्दै उहाँले भन्नुभयो, ‘सरकारले पुन:संरचना आयोगको म्याद घटाउनु पर्‍यो की चुनाव गराउनु पर्‍यो । दुवै नगरी सरकारले अहिले जनतालाई धोका दिने काम गरिरहेको छ ।’

गाउँ–नगर चुनाव नभई राष्ट्रिय सभाको चुनाव हुन नसक्ने भएकाले वर्तमान सरकारले कुरामात्रै ठूलो गरेर आन्तरिक तयारी नै नथालेको उहाँको आरोप थियो ।  उहाँले भन्नुभयो, ‘संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन जरुरी छ, त्यसको तयारी नै गरिएन भने सरकारको नियत संविधान कार्यान्वयन होस् भन्नेमा कहाँ देखियो ।’

संविधानको मर्मअनुसार संघीय संरचना घोषणा गर्दैमा मात्रै कार्यान्वयनमा नआउने भन्दै उहाँले स्थानीय निकाय निर्वाचन नभएसम्म प्रान्तीय संरचनामा मुलुक नपुग्ने भनाइ राख्नुभयो । विपक्षी र ठूलो दलको नाताले नयाँ संविधान कार्यान्वयन गराउन कांग्रेस गम्भिर रहेको बताउनुभयो ।

‘लोकतान्त्रिक गणतन्त्र स्थापनाको दिशामा नेपाली कांग्रेसको काँधमा ठूलो जिम्मेवारी छ’, उहाँले भन्नुभयो, ‘यसका लागि कांग्रेस चुप लागेर बस्दैन ।’ बजेटको प्रसंगमा उहाँले हालै सार्वजनिक बजेटमा एमालेले मनपरी गरेको आरोप लगाउनुभयो । ‘

कांग्रेसले राष्ट्रिय ढुकुटी जोगाउने, एमालेले लुटाउने गरि बजेट ल्यायो’, उहाँले भन्नुभयो, ‘कांग्रेसले नजोगाएको भए कार्यकर्तासम्म लुटाउने गरि कसरी यो सरकारले बजेट ल्याउन सक्थ्यो ।’ मुलुकको अर्थतन्त्रलाई दीर्घकालसम्म दिगो राख्नका लागि जुनसुकै दलका सरकारले पछिसम्मको बाटो हेरेरमात्रै नीति तथा कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाई थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर