Aamsanchar

राष्ट्रपति भण्डारी विश्वकै ५२ औँ शक्तिशाली महिला

Author Image
मङ्गलवार, जेठ २५, २०७३

काठमाडौँ ।

Bidya-Devi-Bhandari-52_267531244

राष्ट्रपति विद्या भण्डारी विश्वकै ५२ औँ शक्तिशाली महिला भएको चर्चित पत्रिका फोर्सले सार्वजनिक गरेको छ ।

विश्वका शक्तिशाली एक सय महिलाको सूचीमा राष्ट्रपति भण्डारी ५२ औँ स्थानमा छन् । फोर्सको यो सूचीमा नेपालको तर्फबाट पहिलो पटक राष्ट्रपति भण्डारी परेकी हुन् ।

फोर्सले नेपालको राष्ट्रपति पद आलंकारिक भए पनि राष्ट्रपति भण्डारीे कार्यकारी प्रमुख केपी शर्मा ओलीसँग नजिक भएकाले महत्वका साथ हेरिएको उल्लेख गरेको छ ।

फोर्सले भण्डारीसँग लामो राजनीतिक अनुभव भएकाले समेत राष्ट्रिय राजनीतिको निर्णयमा ठूलो प्रभाव पर्न सक्ने जनाएको छ ।

राष्ट्रपति विद्या भण्डारी ५२ औँ स्थानमा रहेको सूचीको पहिलो नम्बरमा जर्मन चान्सलर एन्जेला मर्केल शक्तिशाली महिलाको सूचीको एक नम्बरमा छिन् । मर्केल लगातार ६ वर्षदेखि शक्तिशाली महिलाको सूचीको पहिलो नम्बरमा कायम छिन् ।

दोस्रो नम्बरमा अमेरिकी राष्ट्रपतीय चुनावको दौडमा रहेकी नेतृ हिलारी क्लिन्टन छिन् । क्लिनटन सँगै शक्तिशाली महिलाको सूचीमा अमेरिकाका मात्र ५१ महिला सहभागी छन् । शक्तिशाली महिलाको सूचीको तेस्रो नम्बरमा फेडरल रिजर्भ बैंककी जेनेट येलेन छिन् ।

फोर्सका अनुसार विश्वका एक सय शक्तिशाली महिलाले विश्वभरको १० खर्ब डलर सम्पत्ति नियन्त्रणमा राख्ने क्षमता राख्छन् भने उनीहरुबाट ३ अर्ब ६० करोड मानिस प्रभावित छन् ।

शक्तिशाली महिलाको सूचीमा सबैभन्दा कम उमेरकी महिला याहुकी सिइओ म्यारिसा मेयर ४१ वर्षकी छन् भने सबैभन्दा वृद्ध महिला बेलायती महारानी एलिजाबेथ द्वितिया ९० वर्षकी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर