Aamsanchar

सरकार परिवर्तन हुँदैन 

Author Image
बुधवार, जेठ २६, २०७३

 

पोखरा।Bamdev-gautam-1

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले सरकार परिवर्तन हुने सम्भावना नभएको बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गरेर देशलाई आर्थिक समृद्धितर्पm उन्मुख गराउन सरकार अगाडि बढेकाले अहिले नै सरकार नढल्ने दाबी गर्नुभयो ।

पत्रकारको एक प्रश्नको जवाफमा एमाले उपाध्यक्ष गौतमले एमाले पनि राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासमै रहेको र सकभर वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा त्यो नभए जो उपयुक्त हुन्छ त्यसैको नेतृत्वमा सहमति गर्न एमाले खुल्ला रहेको धारणा राख्नुभयो ।

उहाँले जसको नेतृत्वमा सहमतिको सरकार बने पनि यही सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट लागू हुनुपर्नेमा जोड दिनुभयो ।

उपाध्यक्ष गौतमले सरकारले ल्याएको बजेटले सबै क्षेत्रलाई छोएको दाबी गर्दै उहाँले अझ यसले तराईको बाटोघाटो, खानेपानी र पूर्वाधार विकासमा ठूलो बजेट विनियोजन भएकाले तराईका जनता यो बजेटबाट धेरै नै खुसी भएका र उनीहरुले न्याय पाएको बताउनुभयो ।

प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष रामजी लम्साल र सचिव अर्जुन गिरीले कार्यक्रमका बारेमा बोल्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर