![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![Sailaja-Acharya](http://aamsanchar.com/wp-content/uploads/2016/06/Sailaja-Acharya-300x243.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
पथरी (मोरङ) ।
नेत्री शैलजा आचार्यको सातौँ स्मृति दिवशका अवसरमा कृष्णप्रसाद कोइराला तथा शैलजा आचार्य स्मृति पोलिटेक्निकले प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याएका तीन जनालाई सम्मान गरेको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
मोरङको शिसवनीमा शनिबार साँझ आयोजित कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा प्रजातन्त्र सेनानी तोलेन्द्रमानसिंह प्रधान, समाजसेवी सुरेश शर्मा, प्रजातान्त्रिक यौद्धा उमा शर्मा रहनुभएको छ ।
कार्यक्रममा समाजसेवी मोहनलाल महतो र गुठीकी अध्यक्ष मीता आचार्य, सो क्षेत्रबाट निर्वाचित सांसद अमृत अर्यालले प्रजातान्त्रिक आन्दोलनका क्रममा नेत्री आचार्यले गर्नु भएको योगदानको चर्चा गर्दै उहाँको निष्ठा र आर्दशको मार्गमा चल्नु पर्ने धारणा राख्नु भयो ।
निर्वाचनको प्रबन्ध मिलाउन आग्रह
नयाँ संविधानको व्यवस्थाअनुसार निर्वाचनको प्रबन्ध मिलाउन प्रधानमन्त्रीलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले आग्रह गर्नुभएको छ ।
मोरङको केरौन गाविसको भौसाबारीमा शनिबार साँझ सम्पन्न ज्येष्ठ क्रियाशील नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्रीले एमालेको मात्र नेता भएर भाषण गर्दै हिँडेकाले प्रधानमन्त्रीको रवैया ठीक नभएको बताउनुभयो ।
नेपाली काँग्रेसले देशमा आएको सबै परिवर्तन ल्याएको दाबी गर्दै उहाँले अबको निर्वाचनमा प्रतिपक्षमा रहेर नेपाली काँग्रेसले नै पहिलो पार्टी हुने दाबी गर्नुभयो ।
उहाँले कार्यक्रममा पार्टीभित्र क्रियाशील १६ जना ज्येष्ठ नागरिकलाई सम्मानसमेत गरिएको थियो ।