Aamsanchar

नयाँ शक्ति नेपालको घोषणा आज

Author Image
आइतवार, जेठ ३०, २०७३

काठमाडौंँ। 

1465693848Baburam-Bhattarai

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आइतबार एक समारोहबीच दशरथ रङ्गशालामा औपचारिक रूपमा पार्टी घोषणा गर्ने भएको छ ।
आइतबार खुला सत्र सञ्चालन हुनेछ भने सोमबार र मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा बन्दसत्र चल्ने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो । बन्दसत्रले पार्टीका थप पदाधिकारीसमेत टुङ्गो लगाउनेछ  ।
पार्टी घोषणाका लागि नेता देवेन्द्र पौडेलको नेतृत्वमा मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति गठन गरिएको छ । घोषणा समारोहमा ७५ जिल्लाबाटै प्रतिनिधिले सहभागिता जनाउने र विदेशबाट समेत प्रतिनिधि आउने उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी ओलीसहित नेपालका क्रियाशील सबै दल, नेपालस्थित २५ देशका राजदूतलाई समेत निम्तो गरिएको उक्त पार्टीले जनाएको छ । घोषणा सभामा शुभकामना दिन भारतीय नेता केसी त्यागी,  डीपी त्रिपाठी, वामपन्थी पत्रकार आनन्दस्वरूप वर्मालगायत काठमाडौँ आइपुगेको देवकोटाले जानकारी दिनुभयो ।
कुपण्डोल, बबरमहल, कालीमाटी र रत्नपार्कबाट सुरु हुने जुलुस मध्याह्न १२ बजेभित्र रङ्गशालामा प्रवेश गरिसक्नेछन् । जुलुसका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ नहोस् भनी पैदलमार्गको बाटोबाट जुलुस सञ्चालन गरिने प्रवक्ता देवकोटाले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 357

प्रतिक्रिया (०)

सम्बन्धित खबर