Aamsanchar

नयाँ शक्ति नेपाल पार्टीको घोषणा

Author Image
आइतवार, जेठ ३०, २०७३

काठमाडौं, 

timthumb.php

काठमाडौंको दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको स्थापनाको घोषणा गरिएको छ ।

रंगशालामा आयोजित सभामा संयोजक बाबुराम भट्टराईले औपचारिक रुपमा नयाँ शक्ति नेपाल पार्टीको घोषणा गर्नु भएको हो । साथै उपस्थित नयाँ शक्ति नेपाल पार्टीका सदस्यहरुलाई भट्टराईले शपथ पनि खुवाउनु भयो ।
यसअघि यसलाई नयाँ शक्ति नेपाल अभियान नाम दिइएको थियो । घोषणासभा अघि काठमाडौं उपत्यकाका विभिन्न ४ स्थानबाट निकालिएको र्‍याली रंगशालामा पुगेर सभामा परिणत भएको थियो । रत्नपार्क, बिजुलीबजार, कालिमाटी र कुपण्डोलबाट र्‍याली निकालिएको थियो ।
तत्कालिन एकिकृत माओवादी पार्टी परित्याग गरेका भट्टराईले आर्थिक क्रान्तिको एजेण्डासहित नयाँ शक्ति नाम दिएर नयाँ पार्टी स्थापना गर्नु भएको हो ।
घोषणासभामा सहभागी हुन २४ देशबाट अभियन्ता र विभिन्न मुलुकबाट शुभकामनाका लागि प्रतिनिधि आएको नयाँ शक्तिका नेता गंगा श्रेष्ठले बताउनुभयो । रंगशालामा सहभागीलाई व्यवस्थित गर्न १ हजार ५ सय स्वयंसेवक खटाइएको छ । पार्टीको उद्घाटन सत्रपछि हुने छलफल सत्रमा पार्टीको विधान, समृद्धिको खाका र राजनीतिक दस्तावेज गरि तीनवटा प्रतिवेदन पेश हुने बताइएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर