Aamsanchar

विप्लव माओवादीप्रति कडा निगरानी

Author Image
सोमवार, जेठ ३१, २०७३

काठमाडौं ।

????????????????????????????????????

गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका गतिविधिप्रति उच्च निगरानी राख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

 

उक्त पार्टीका कार्यकर्ताले एनसेलका १० वटा बेस स्टेशन र वर्ल्ड भिजन इन्टरनेशनलको कार्यालयमा आगो लगाइदिएपछि गृहमन्त्रीले  नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रय अनुसन्धान विभागका प्रमुखलाई मन्त्रालयमा डाकेर अराजक गतिविधि गर्ने र कानुन हातमा लिनेमाथि कारवाही गर्न निर्देशन दिएका हुन् ।

 

प्रहरी प्रधान कार्यालयले शनिबार देशभरका प्रहरी कार्यालयलाई विप्लव नेतृत्वको माओवादीका कार्यकर्ता र उनीहरुका गतिविधिलाई विशेष निगरानी गर्नु भन्दै परिपत्र पनि गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर