Aamsanchar

एनआएन कप भलिबल जलजलाले जित्यो

Author Image
मङ्गलवार, जेठ ३२, २०७३
newsabhiyan

अस्ट्रेलिया ।

एनआरएन अस्ट्रेलियाको आयोजनामा भएको एक दिने एनआरएन कप भलिबलको उपाधि जलजलाले जितेको छ ।

फाइनलमा म्याग्दी समाजलाई  हराउदै जलजलाले उपाधि जितेको हो ।  फाइनलमा जलजलाले ३ (२ले बाजि मारेको थियो । फाइनलमा पहिलो सेट जितेको म्याग्दीले आफ्नो लयलाई कायम राख्न नसक्दा दोस्रो र तेस्रो सेटमा हार बेहोर्नु परेको थियो ।

चौथो सेटमा म्याग्दीले प्रतिस्पर्धात्मक जित निकालेर २ (२को बराबरीमा पुगेको खेल अन्तत पाचौ सेटमा भने जलजलाले सहज रुपमा आफ्नो पक्षमा पारेको थियो ।

लगातार एकपछि अर्को खेल खेलेका खेलाडीहरु अन्ततिर केहि थाकेका देखिन्थे । प्रवासमा समय निकालेर खेलिने खेल र प्रतिस्पर्धामा पनि निकै उत्साह र उमंग देखिन्थ्यो । प्रतियोगिताको उत्कृष्ट खेलाडीको ट्रफी रुपमा जलजलाका होम भण्डारीले हात पारे भने ब्लकरमा खेम केसीले आफ्नो नाम लेखाए ।

बेस्ट स्पाइकरको उपाधि म्याग्दीको केशव पुनले हात पारे भने वेस्ट लिफ्टर म्याग्दीका खेम पाइजा घोषित भए । प्रतियोगिताका विेजेतालाई १६ सय र दोस्रो हुनेलाई एक हजार डलर सहित ट्रफी प्रदान गरिने कुरा एनआरएनका सदस्य राजकुमार अधिकारीले बताए ।  महिलातर्फको खेलमा भने पोखराले जलजलालाइ सिधा सेटमा हराउदै पहिलो स्थान हात पारेको छ ।

पोखराकी सन्जु मगर उत्कृष्ट खेलाडी घोषित भइन । विजेता खेलाडीहरुलाई एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेल,सहसचिब भिष्म भण्डारी,खेलकुद संयोजक नन्द गुरुङ युथ कोर्डिनेटर विजय शर्मा, प्रकाश खरेल ,शितल खाँंड लगायतले ट्रफी प्रदान गरे ।

प्रतियोगिताका विजेताहरुलाई एनआरएन खेल महोत्सवको समापनको अवसरमा बिशेष कार्यक्रमका साथ सम्मान गरिने संयोजक गुरुङले बताए ।

एनआरएनले पहिलो पटक अस्ट्रेलियामा स्पोर्टस डे मनाउने क्रममा भलिबल,फुटबल,बास्केटबल र क्रिकेटका प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर