Aamsanchar

किसानलाई धानको बीउ

Author Image
बुधवार, असार १, २०७३

उर्लाबारी (मोरङ),।

basmati

जिल्ला कृषि विकास कार्यालयले जिल्लाका किसानलाई निःशुल्क धानको बीउ वितरण गरेको छ ।

इरी नेपालको सहकार्यमा राष्ट्रिय बीउबिजन कंलि मार्फत उन्नत जातको सुधारिएको धानको बीउ वितरण गरिएको हो । एक किसानलाई पाँच किलोका दरले जिल्लामा तीन हजार ४०० किलो धानको बीउ वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत सत्यदेव मण्डलले जानकारी दिनुभयो ।

मोरङका उर्लाबारी, बेलबारी, बाहुनी, रङ्गेली, कटहरी, झोराहाट र टङ्किसिनबारी कृषि सेवा केन्द्र तथा विराटनगरस्थित कृषि कार्यालयबाट बीउ वितरण गरिएको हो ।

 

कृषि प्रसार अधिकृत मण्डलका अनुसार किसानलाई स्वर्णा सब १ र सम्बा मन्सुली सब १, सुख्खा १, २ र ३ जातका धानका बीउ वितरण गरिएको हो । यी धानका बीउ सुख्खा तथा खडेरी र डुबान सहन सक्ने जातको रहेको कृषि विकास कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर