Aamsanchar

युरोकपमा आज पनि तीन हुदैं

Author Image
शुक्रवार, असार ३, २०७३

झापा ।

images

युरोकप फुटबलमा आज पनि तीन खेल हुनेछन् । साँझ पौने ७ बजे ईटाली र स्वीडेन भिड्दा बेलुकी पौने १० बजे चेक रिपब्लिकले क्रोएशियासँग खेल्नेछ । यसैगरी राति पौने १ बजे स्पेनले टर्कीसँग खेल्नेछ ।

 

उता युरोकप फुटबलको उपाधि दावेदार जर्मनीलाई पोल्याण्डले बराबरीमा रोकेको छ । फ्रान्समा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको समुह सी को खेलमा जर्मनीलाई पोल्याण्डले गोलरहित बराबरीमा रोकेको हो । खेलमा दुबैतर्फबाट केही उत्कृष्ट अवसर सिर्जना गरिए पनि गोल हुन नसक्दा दुबै टोलीले अंक बाँडेका हुन् ।

 

यही समुहको अर्को खेलमा नर्दन आयरल्याण्डले युक्रेनलाई २–० ले हराएको छ । खेलमा नर्दन आयरल्याण्डलाई विजयी गराउन ग्यारेथ म्याक्वेली र नियाल म्याक्गिनले एक–एक गोल गरे । जितसँगै नर्दन आयरल्याण्डले ३ अंक जोड्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो पारेको छ । यो समूहमा ४÷४ अंक जोडेका जर्मनी र पोल्याण्ड क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

 

उता समुह बी को खेलमा वेल्सलाई २–१ ले हराँउदै इंग्ल्याण्डले अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । यो खेलमा वेल्सका ग्यारेथ बेलले पहिलो गोल गरे । तर दोस्रो हाफमा सब्स्टीच्युट खेलाडीहरु जेमी भार्डी र ड्यानिएल स्टरीजले एक–एक गोल गरेपछि इंग्ल्याण्ड २–१ ले विजयी भयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर