Aamsanchar

नेपाल आइपुग्यो मनसुन

Author Image
शनिवार, असार ४, २०७३

काठमाडौं:

images

यो वर्षको मनसुन नेपाल प्रवेश गरेको छ। सामान्य समयभन्दा पांच दिन ढिलो गरी प्रवेश गरेको मनसुनका कारण पूर्वी नेपालका अधिकांश भागमा वर्षा भइरहेको छ।

 

जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको औपचारिक घोषणा गरेको छ। बरिष्ठ मौसमविद् मीनकुमार अर्यालले भने,‘ पूर्वबाट अब क्रमस मध्य र पश्चिमतर्फ फैलिन्छ,’मैसमी नक्सा तथा भू उपग्रहले खिचेका बादलका तस्वीरका आधारमा मनसुन केही दिनभित्रै नेपालभरी सक्रिय रुपमा फैलिने अनुमान जलवायु तथा मौसम विज्ञान विभागको छ।

सामान्य अवस्थामा जुन १० मा मनसुन नेपाल आइपुग्नुपर्ने हो। दक्षिण एसीयामा मनसुन सुरु हुने मूख्य स्थान भारतको केरालामै यो पटक नौ दिन ढिलो मनसुन आइपुगेको थियो। दक्षिण एसीयाली मनसुन बंगालको खाडीमा विकास भइ उत्तरपश्चिमतर्फ अघि बढ्छ।

नेपालमा जुनदेखि सेप्टेम्बरसम्म मनसुन सक्रिय रहन्छ। यसअघिका सबै वर्षा मनसुन सक्रिय बनाउने (प्रि मनसुन) वर्षा हुन्। पूर्वको मनसुन बंगालको खाडीमा तथा पश्चिमी प्रणाली अरेबियन समुन्द्रमा विकास हुन्छ। अरेबियन समुन्द्रमा विकास भएको मनसुन मध्यभारत हुदै कहिलेकांही पश्चिमबाटसमेत भित्रिन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर