![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
गौशाला।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
महोत्तरीमा अत्यधिक मदिरा सेवनबाट सिकिस्त भएका थप दुई जनाको गएराति मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको गौशाला नगरपालिका–७ बस्ने पञ्चा मल्लिककी पत्नी कलावतीदेवी मल्लिक र औरही गाविस–३ बस्ने बद्री मल्लिक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
शुक्रबार राति १० बजेसम्म समूहमै मदिरा सेवन गरेका तीन जनाको शनिबार बिहान २ देखि ४ बजेको समयमा मृत्यु भएको थियो भने अन्य व्यक्ति सिकिस्त भई उनीहरुको उपचार भइरहेको थियो ।
यसैबीच उपचारको लागि धरान पुगेकी कलावतीको धरानमै र बद्री मल्लिकको मृत्यु जनकपुर अञ्चल अस्पतालमा भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।
शनिबार सहसौला गाविस–६ बस्ने ७० वर्षीय रामवृक्ष मल्लिक, उनका छोरा ४० वर्षीय प्रकाश मल्लिक र गौशाला नगरपालिका–७ का पञ्चा मल्लिक रहेको मृत्यु भएको थियो । रासस
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 210