Aamsanchar

राजगढमा १५ करोडको सिँचाइ आयोजना

Author Image
शुक्रवार, असार १०, २०७३

sichai

 

सुरुङ्गा (झापा) ।

दक्षिणी झापाको राजगढमा ६०० हेक्टर क्षेत्रफल सिँचाइ गर्ने गरी फैंदारघाट सिँचाई उपआयोजना सञ्चालन गरिने भएको छ ।

नेपाल सरकारको साना तथा मझौला सिँचाइ योजनाअन्तर्गत रु १५ करोड रुपैयाँको लागतमा उक्त योजना सञ्चालन गर्न लागिएको सिँचाइ विकास डिभिजन झापाका प्रमुख ईश्वरी तिवारीले जानकारी दिनुभयो । अन्धुवा खोला पानीको मुहान रहेको फैंदारघाट सिँचाइ उपआयोजना राजगढ–८ को पनेरु गाउँ हुँदै पाँच किलोमिटर ‘मेन च्यानल’ र चार किलोमिटर ‘सहायक च्यानल’ मार्फत पानी वितरण गरिने उहाँको भनाइ छ ।

योजना सञ्चालनका लागि असारभित्रै टेन्डर प्रक्रिया अघि बढाइने डिभिजन प्रमुख तिवारीको भनाइ छ । फैंदारघाट सिँचाइ उपआयोजना उपभोक्ता समिति अध्यक्ष राम दुलालले दिनुभएको जानकारीअनुसार आयोजना सञ्चालन भएपछि राजगढ–८, ६, ५, ४ र ३ नं वडाका नागरिक प्रत्यक्ष लाभान्वित हुने भएका छन् । आयोजना सञ्चालनका लागि २०५५ सालमा तदर्थ समिति गठन गरिएको थियो ।

योजना स्वीकृत भएलगत्तै सिँचाइ विकास डिभिजन कार्यालयले फैंदारघाट सिँचाइ उपआयोजना उपभोक्ता समिति र स्थानीयवासीबीच राजगढमा तीनदिने प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर