Aamsanchar

सुन प्रतितोला रु तीन हजारले वृद्धि

Author Image
शुक्रवार, असार १०, २०७३

proxy

काठमाडौँ ।

नेपाली बजारमा छापावाल सुन प्रतितोला रु तीन हजारले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यमा वृद्धि भएका कारण अहिले नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको हो । बिहीबार प्रतितोला रु ५६ हजारमा कारोबार भएको सुनको मूल्य आज रु ५९ हजार कायम भई कारोबार भएको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । बिहीबार प्रतितोला रु ७९५ मूल्य कायम भएको चाँदी आज रु २५ ले वृद्धि भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर