Aamsanchar

बंगलादेशबाट १० हजार मेट्रिकटन चामल झापा ल्याइदै

Author Image
शनिवार, असार ११, २०७३

rice
सुरुङ्गा (झापा) ।

भुकम्प पीडितहरुका लागि वंगलादेश सरकारले पुन: १० हजार मेट्रिकटन चामल सहयोग गर्ने भएको छ । २०७२ सालमा गएको विनासकारी भुकम्पका कारण पीडित बनेका भुकम्प पीडितले अझैं पनि पर्‍र्याप्त राहत पाउन नसकिरहेको वेला वंगलादेश सरकाले पुन खाद्य सामग्री सहयोग गर्न लागेको सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले जानकारी दिनुभयो । वंगलादेश सरकारले उपलब्ध गराउने चामल शनिवार हस्तान्तरण हुादैछ । उक्त चामल सहायक प्रमुख जिल्ला अधिकारी सापकोटाले ग्रहण गर्ने बताइएको छ । वंगलादेशको फूलवारीका डीएमले झापाका सहायक प्रमुख जिल्ला अधिकारीलाई उक्त राहको चामल हस्तान्तरण गर्ने बताइएको छ । उक्त कार्याक्रमका लागि शनिवार सहायक प्रमुख जिल्ला अधिकारी सापकोटा सहित खाद्य संस्थानका कर्मचारी, भन्सार अधिकृत, प्रहरी लगायतको टोली वंगलादेश प्रस्तान गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर