Aamsanchar

पत्रकार कुट्नेमाथि मुद्दा दर्ता

Author Image
शनिवार, असार ११, २०७३

राजविराज ।

पत्रकार कुट्नेमाथि जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार सार्वजनिक अपराध मुद्दा दर्ता गरेको छ ।

गत असार ४ गते समाचार सङ्कलन गर्न जिल्लाको लालापट्टि गाविस वडा नं ६ मा पोखरी तथा कुलो निर्माण उपभोक्ता समितिबारे जानकारी लिन जाँदा सोही गाविसका ३५ वर्षीय धीरेन्द्र यादव, नवल यादव, भूपेन्द्र यादव, परमानन्द यादव, छेदी रामसहितकाले पत्रकार नीरजकुमार मण्डलमाथि हातपात गर्दै कुटपिट गरेका थिए ।

नेपाल प्रेस युनियन शाखा सप्तरीका कार्यसमिति सदस्य तथा स्थानीय ग्रिन मधेस दैनिकका समाचारदातासमेत रहेका मण्डलमाथि भौतिक आक्रमण भएको विरुद्धमा प्रहरीले आक्रमण गर्नेउपर मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर