Aamsanchar

क्याम्ब्रिजको मेला इलामबाट धरानसम्म

Author Image
आइतवार, असार १२, २०७३

II

धरान ।

एसएलसीको परीक्षाफल प्रकाशित भएसँगै कुन विषयमा कहाँ पढ्ने भन्ने दोधारमा रहेका विद्यार्थीहरुलाई उचित शैक्षिक परामर्श प्रदान गर्ने उद्देश्यले क्याम्ब्रिज इन्स्टीच्युट अफ टेक्नोलोजीको आयोजनामा इलाम, बिर्तामोड, दमक, इटहरी, बिराटनगर र आज धरानमा शैक्षिक मेला सम्पन्न भएको छ ।
एसएलसी उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्न भारतको बैङलोर जाने विद्यार्थीहरूलाई उचित शैक्षिक परामर्श प्रदान गर्ने उद्देश्यले आयोजित उक्त मेलाको उद्घाटन सुनसरी महेन्द्र बहुमुखि क्याम्पसका पूर्व प्राध्यापक तथा शिक्षाविद् डा. श्री टंक प्रसाद न्यौपानेले गरेका थिए ।
क्याम्ब्रिज इन्स्टीच्यूट अफ टेक्नोलोजीका प्रबन्ध निर्देशक शिशिर सिंखडाको अध्यक्षता तथा सुनसरी महेन्द्र बहुमुखि क्याम्पसका पूर्व प्राध्यापक डा. श्री टंक प्रसाद न्यौपानेको प्रमुख आतिथ्य तथा ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक  किशोर कुमार कार्कि,  विशेष अतिथि प्याब्सन सुनसरीका अध्यक्ष नरबहादुर थापा त्यसै गरि अतिथिहरुमा नेल्टा सुनसरीका अध्यक्ष केसव भटराई, जे.सि.आई. सुनसरीका तालिम ब्यावस्थापक जित बहादुर राना तथा अन्यको सहभागिता मा  मेला सम्पन्न भएको हो । क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजी धरानका शाखा प्रमुख दिपक कार्कीले स्वागत गरेको कार्यक्रममा सुनसरी महेन्द्र बहुमुखि क्याम्पसका पूर्व प्राध्यापक तथा शिक्षाविद् डा.  टंक प्रसाद न्यौपाने, ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक  किशोर कुमार कार्की, प्याब्सन सुनसरीका अध्यक्ष नरबहादुर थापाले  शुभकामना मन्तब्य राखेका थिए साथै कार्यक्रमको बारेमा दमक क्याम्ब्रिजका शाखा प्रमुख निश्चल सिंखडाले प्रकास पारेका थिए  । 
कार्यक्रममा बैङलोरमा अध्ययनरत विद्यार्थी उषा घिमिरे तथा प्रभु गिरीले आफ्ना शैक्षिक अनुभव सुनाएका थिए  ।
मेलाको ११०० सयभन्दा बढी विद्यार्थीहरूले अवलोकन गरेको र मेलामा भारतका विभिन्न कलेजहरूमा ५ जना भन्दा बढी विद्यार्थीहरूले स्पोट एड्मिसन गरेको क्याम्ब्रिज इन्स्टीच्युट अफ टेक्नोलोजी इटहरी शाखा प्रमुख निशान सिंखडाले बताए ।
उक्त मेलामा भारत बेङ्लोरका डाक्टर श्रीश्री श्री शिवकुमार महास्वामी इञ्जिनियरिङ कलेज, एमएस रमैया हर्सा हस्पिटल बैंगलोर, एपी गोयल सिमला युनिभर्सिटी, एसआरएम युनिभर्सिटी, असोका पोलिटेक्निक बैंगलोर, गौतम मेडिकल कलेज बैंगलोर, हिन्दुस्तान एभिएसन एकेडेमी, बैंगलोर, स्पूर्ति कलेज अफ नर्सिङ्ग, आदित्य ग्रुप अफ इन्स्टीच्यूसन बैंगलोर, देवराज मेडिकल रिसर्च सेन्टर बैंगलोर, कञ्चनजङ्घा इन्स्टीच्यूसन अफ म्यानेज्मेन्ट एण्ड टेक्नोलोजी शिलगढी, सीसीसीटी सिक्किम लगायतका प्रतिनिधिहरूले परामर्श दिएका थिए ।
मेलामा एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूलाई छात्रवृत्तिसहित कम्प्युटर साइन्स, सिभिल इञ्जिनियरिङ, अटोमोवायल्स, मेकानिकल इञ्जिनयरिङ्ग, एरोनेटिकल, मेकाट्रोनिक, इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन, नर्सिङ्गमा अफ्थलमोलोजी, अपरेशन थीएटर टेक्नोलोजी, डाइलोसिस टेक्नोलोजी, मेडिकल ल्यावोरेटोरी टेक्नोलोजी, डी–फार्मेसी, होटल म्यानेजम्यान्ट, फेशन डिजाईनिङ्ग, इन्टेरियर डिजाईनिङ्ग र प्लस टु पछि विइ, विटेक, विएस्सी र एमएस्सी, नर्सिङ्ग, बी–फार्मेसी, बी–अप्टोमेट्री, फिजीयोथेरापी, विविए, विसिए, विविएम, बिएचएम र आर्टस, एजुकेशन, कमर्स संकायबाट प्लस टु पास गरेका विद्यार्थीहरूलाई जिएनएम नर्सिङ्गका वारेमा शैक्षिक परामर्श प्रदान गरिएको क्याम्ब्रीज इन्स्टीच्यूट अफ टेक्नोलोजीका इटहरी शाखा प्रमुख निशान सिंखडाले जानकारी दिए ।
 कार्यक्रमको सञ्चालन लाएन्स क्लव अफ धरान बुढासुब्बाका अध्यक्ष तथा धरान इम्याजिन सेन्टर प्रा.लि. का प्रबन्ध निर्देशक  दिपेन्द्र निरौलाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)