Aamsanchar

युएईमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको छलफल

Author Image
आइतवार, असार १२, २०७३

uae a

 

[आरपी सहयात्री ]

युएई ।
दुबईको अस्कोट होटलसंगै रहेको ब्लु ओसन हलमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ग्लोबल समितिका केन्द्रिय अध्यक्ष  पुष्प बरूवालको प्रमूख आतिथ्यमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएईकी उपाध्यक्ष रेखा घिमिरेको सभापतित्वमा ईनासले युएईव्यापी आन्तरिक छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
भेलाले केही समय देखि विविध कारणले हुन नसकेको केन्द्रिय महाधिवेशन बारे छलफल गर्दै आगामी १५ जुलाई शुक्रबारका दिन बरदुबईको एभरेष्ट होटलमा युएई भरिका सबै क्रियाशिल सदस्यहरू, आजिवन सदस्यहरू, संरक्षक तथा सल्लाहकारहरू, अन्य संघसंस्थाका प्रतिनिधिहरू तथा पत्रकार महासंघको रोहवरमा निश्पक्ष निर्बाचन समिति बनाएर महाधिवेशन गर्ने निष्कर्ष गर्दै सबै पक्षलाई सो दिन उपस्थिति हुन आव्हान गरेको छ ।
विभिन्न क्षेत्रबाट आउनु भएका क्रियाशिल सदस्यहरूको परिचयात्मक कार्यक्रमबाट शुरू भएको सो कार्यक्रम सबैको भावनाहरू साटासाट गर्ने हेतुले बहस तथा छलफलमै केन्द्रित भएको थियो । प्रमूख अतिथि, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ग्लोबल समितिका केन्द्रिय अध्यक्ष  पुष्प बरूवालले बुँदागत रूपमा उठान गरिएका सबै टिकाटिप्पणीहरूलाई एक एक गरेर प्रतिक्रिया दिनुभएको थियो भने भेलामा उपस्थिति सबैका व्यक्तिगत प्रश्नहरूका पनि जवाफ दिनु भएर सबैलाई ईनास मार्फत देश तथा समाजका खातिर संघर्ष गर्न प्रेरणा दिनुभएको थियो । वहाँसंगै ईनास नेदरल्याण्डका केन्द्रिय सदस्य तुफान घले पनि अतिथिको रूपमा आउनु भएको थियो ।
uae

कार्यक्रममा युएईका सबै ईमिरेट्सहरूबाट ईनासका क्रियाशिल सदस्यहरूको आगमनको अपेक्षा गरिए पनि अल एन र आबुधाबीबाट सदस्यहरू आएको देखिएन । रस अल खैमह, उम अल क्ववेन, अजमान, फुजैराह, दुबई तथा शारजाहका पदाधिकारीहरूको उपस्थिती रहेको सो कार्यक्रम महासचिव गोपीकृष्ण पंगेनीले सञ्चालन गरेका थिए ।

कार्यक्रममा रस अल खैमह क्षेत्रिय समितिका निवर्तमान अध्यक्ष राम तामाङले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण तथा संवर्द्धनमा विश्वभरी नै उल्लेख्य भूमिका निभाईरहेको यस संस्थाले युएईमा अझै सशक्त भएर लाग्नुपर्ने बताउनु भयो । संस्थाका संरक्षक आशिष पुरूषले संस्थालाई युएईको कुना कुनामा पुर्याउन एकजुट हुनुपर्ने बताउनु भयो । कार्यक्रममा रस अल खैमह क्षेत्रिय अध्यक्ष केविनजंग शाही, सचिव प्रकाश गुरूङ, सहसचिव ईन्द्रराज पौडेल, कोषाध्यक्ष लोक श्रेष्ठ, उम अल क्वेनबाट गायक प्रशान्त पौडेल, दुबईबाट धनेन्द्र मस्की राना, लक्ष्मण दियाली, कुशल वुचा, एमडि बोहोरा लगायत अन्यले पनि आआफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । दुबई क्षेत्रका क्रियाशिल पदाधिकारी कुशल वुचाले दुबईको एउटा अस्पतालमा उपचाररत सर्लाहीका निर्मल लामाको दुर्घटनाका बारेमा ईनास युएईको पहलमा भैरहेको वस्तुस्थिति बारे जानकारी दिनु भएको थियो । नृत्यकार लामा अभ्यासका क्रममा लडेर घाँटी भाँचिएको र उपचार गर्न ठूलो धनराशीको आवश्यक पर्ने भएकोले ईनास ग्लोबलले यो अवस्थामा कसरी सहयोग गर्न सकिन्छ भन्ने बारे पनि छलफल भएको थियो ।
महासचिव गोपीकृष्ण पंगेनीले संस्थामा अहिलेसम्म महाधिवेशन हुन नसक्नुका कारणहरू बारे समस्याहरू औल्याउँदै भविष्यमा ईनासको श्रीबृद्धिका लागी कसरी अगाडी बढ्ने भन्ने बारे बुँदागत टिकाटिप्पणी गर्नु भयो भने कार्यक्रमकी सभापति रेखा घिमिरेले युएईका सबै क्षेत्रमा समिति गठन हुन तम्तयार भैसकेको र सबै क्षेत्रिय समितिहरूलाई पनि केन्द्रमा समेटेर एउटा बिल्कुलै नयाँ स्वरूपको संरचना तयार गरेर युएई भित्र विद्यमान सबै समस्याहरूलाई निराकारण गर्न नेपालीहरूका भलाईका खातिर कलाकारिताको माध्यम मार्फत समाजसेवामा अघि बढ्नै पर्ने बताईन ।
आगामी २ सेप्टेम्बर शुक्रबारका दिन ईनास युएई रस अल खैमह क्षेत्रिय समितिले गैर आवासीय नेपाली संघ, रस अल खैमह क्षेत्रिय समितिको सहकार्यमा र अन्य विभिन्न संघसंस्थाहरूको सहयोगमा नेपाली तीज महोत्सव २०७३ भव्य रूपमा आयोजना गर्ने बारे पनि ग्लोबल केन्द्रिय अध्यक्ष समक्ष जानकारी गराईएको थियो । सो तीज महोत्सव कार्यक्रममा नेपालबाट लोक गायिका ज्योती मगर, लोक गायक नविन पौडेल, लोक गायिका गंगा घर्ति मगर तथा पत्रकार मनोज श्रेष्ठको उपस्थिति रहनेछ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर