Aamsanchar

सुखानीमा नाली निर्माणको काम

Author Image
आइतवार, असार १२, २०७३

nali

[सागर गौतम]

दानाबारी ।
सुखानी सहिद पर्यटन समितिले नाली निर्माणको काम सम्पन्न गरेको छ । मेची पहाडी पर्यटन क्षेत्र प्रवर्धन विकास समितिको १२ लाखको विनियोजित रकमले नाली निर्माणको काम सम्पन्न गरेको सुखानी सहिद पर्यटन समिति दानाबारीका अध्यक्ष महेन्द्र बुडाथोकीले बताए ।
२ वर्षयता सुखानी सहिद पर्यटन समितिले पााच सहिदको साहदत स्थल समेत रहेको सुखानीलाई पर्यटन स्थलको रुपमा विकास गर्ने कमर कसेर लागि परेको बताइएको छ । नाली निर्माणको काम सम्पन्न भएको अनुगमन तथा मूल्याङकन समितिले समेत आफ्नो प्रतिवेदन बुझाएको सुखानी सहिद पर्यटन समितिका सचिव डम्बर लिम्बुले बताए । विद्युत विस्तार गर्ने उदेश्यले सुखानी सामुदायिक वनबाट १ लाख विनियोजित रकमले विद्युत विस्तार गरिरहेको सुखानी सहिद पर्यटन समितिले जनाएको छ । अहिले सुखानी सहिद प्रतिष्ठान समिति सालाबारीले भने पााच साहदत स्थलको भूमि दानाबारी लाई समेत घेराबरा गरिरहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 320

प्रतिक्रिया (०)

सम्बन्धित खबर