Aamsanchar

झापामा नौ हजार मेट्रिक टन माछा उत्पादन

Author Image
सोमवार, असार १३, २०७३

काँकडभिट्टा (झापा) ।

झापामा वार्षिक नौ हजार मेट्रिक टन माछा उत्पादन हुन थालेको छ ।

सरकारले अभियानमुखी मत्स्य कार्यक्रम तथा माछापोखरी निर्माण विशेष योजना लागू गरेपछि उक्त परिमाणमा माछा उत्पादन हुन थालेको हो । जिल्ला कृषि विकास कार्यालयका मत्स्य विकास अधिकृत भूपनारायण मण्डलले जिल्लामा प्रतिहेक्टर ३ दशमलव २ मेट्रिक टनका दरले माछा उत्पादन हुने गरेको बताउनुभयो ।

जिल्लाका दमक, भद्रपुर, बैगुनधुरा, शनिअर्जुन, बाहुनडाँगी, पृथ्वीनगर, गौरीगञ्जलगायत क्षेत्रका एक हजार ६०० किसानले करिब २६० हेक्टर क्षेत्रफलमा माछापालन गरेका छन् । यहाँ रहु, नैनी, मागुर, सिल्भर कार्प, विगहेड कार्प, कमन कार्प, ग्रास कार्प जातका माछापालन हुने गरेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर