Aamsanchar

व्यवसायीको सहयोगबाट बन्यो झापामा उद्योग संघको भवन

Author Image
मङ्गलवार, असार १४, २०७३

उद्योग सङ्घ भवन निर्मित

भद्रपुर ।

झापा उद्योग सङ्घको भवन उद्योग व्यवसायीको सहयोगबाट रु एक करोड ४३ लाख ५५ हजार ५४० लागतमा निर्माण भएको छ ।
भवनको क्षेत्रफल दुई कट्ठा १७ धुर जग्गामा बनेको भवनमा पाँच कोठा, एक सभाकक्ष, भान्सा र शौचालय छन् भने माथिल्लो तल निर्माणाधीन छ ।

भवन र सङ्घको २४ औँ साधारणसभा एवम् अधिवेशनको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष चण्डिराज ढकालले सोमबार यहाँ उद्घाटन गर्दै वर्तमान सरकारले झापालाई उल्लेखनीय बजेट विनियोजन गरेकामा धन्यवाद दिँदै मुलुक सङ्घीय संरचनामा प्रवेश गरिरहेको अवस्थामा उद्योगी एवम् व्यापारीले पनि त्यही दृष्टिकोणबाट अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर