Aamsanchar

‘अरुको भाषा र धर्मलाई गाली नगर’

Author Image
मङ्गलवार, असार १४, २०७३

rajendra copy

बिर्तामोड ।
राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनले आदिवासी जनजातिको भाषा र संस्कृति संरक्षणका लागि भाषा विद्यालय र संग्राहलय खोल्न सरकारलाई आग्रह गरेका छन् ।
नेपालमा रहेका भाषा, धर्म र संस्कृतिलाई राज्यले सम्पत्तिको रुपमा ग्रहण गरी संरक्षण गर्नुपर्ने उनको जोड छ । बिर्तामोडमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री लिङ्देनले एक भाषी र धर्मावलम्बीहरुले अर्को भाषा र धर्मलाई गाली गर्नु नहुने धारणा समेत राखे । आदिवासी जनजातिहरुलाई अहिलेसम्म गाली गर्न उक्साउने गरी गलत प्रशिक्षण दिएको भन्दै उनले अनेकतामा एकता नेपालीको पहिचान भएको कारण सबैले सबै भाषा र धर्मको सम्मान गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर