Aamsanchar

श्रीमतीलाई गोली हानी घाइते बनाएका श्रीमान्को शव फेला

Author Image
मङ्गलवार, असार १४, २०७३

pesगोरखा ।

उत्तरी गोरखाको काशीगाउँ–२ का ५८ वर्षीय कामी गुरुङले आफ्नी ६० वर्षीया श्रीमती सुकमाया गुरुङलाई गोली हानेर गम्भीर घाइते बनाएका छन् ।

सोमबार साँझ चर्चबाट फर्किएकी श्रीमती सुकमायालाई घरमा लुकेर बसेका कामीले भरुवा बन्दुकले हानेर घाइते बनाएको प्रहरीले जनाएको छ ।

सुकमायाको दायाँ पुट्ठामा गोलीको छर्रा लागेको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचार गर्न आरुघाटस्थित अस्पतालमा ल्याइएको छ । घरायसी विवादका कारण कामीले श्रीमतीलाई गोली हानेको बताइएको छ । श्रीमतीलाई गोली हानेर घाइते बनाएपछि कामीले घर छाडेका थिए ।

घरदेखि ५०० मिटर टाढा खनायोको रूखमा झुन्डिएको अवस्थामा कामीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो ।

घटनाबारे अनुसन्धान अघि बढाइएको उहाँको भनाइ छ । कामीको शव सोमबार साँझ फेला परेको हो । प्रनाउ थापाले भन्नुभयो, “घटनास्थलबाट एक थान भरुवा बन्दुक बरामद भएको छ ।” घटना भएको ठाउँ दुर्गममा भएकाले ढिला गरी जानकारी आएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर