![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![poor_nepali](http://aamsanchar.com/wp-content/uploads/2016/06/poor_nepali.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
खोटाङ ।
जिल्लामा यसअघि सङ्कलन गरिएका गरिब घरपरिवारको प्रारम्भिक तथ्याङ्कमाथि ‘छानबिन’ सुरु गरिएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
आर्थिक वर्ष २०६९÷७० मा सङ्कलन गरिएको गरिब घरपरिवारको तथ्याङ्कमा समावेश हुनबाट छुटेका गरिब घरपरिवारलाई तथ्याङ्कमा समेट्न र मापदण्ड विपरीतका घरपरिवारलाई सूचीबाट हटाउन सुरु गरिएको हो ।
यसअघि पहिचान गरिएका गरिब घरपरिवारको तथ्याङ्कमा भएको त्रुटि सच्याउन जिल्लाको एक नगरपालिका र ७२ गाविसमा सार्वजनिक सूचना टाँस गरेर उजुरी आह्वान गरिएको छ । गरिब घरपरिवारको सूचीमा ‘पर्नुपर्ने परिवार’ छुटेका भए समेट्न र ‘नपर्नु पर्ने परिवार’ परेका भए सच्याउन पुनरावलोकन र छानबिन सुरु गरिएको जिल्ला विकास समितिअन्तर्गत गरिब घरपरिवार जिल्ला सहयोग समन्वय समितिका सूचना प्रविधि अधिकृत प्रवीण पोखरेलले जानकारी दिनुभयो ।
गुनासो सुनुवाइका लागि जिविसमा समेत उजुरी दिन सकिने जनाइएको छ । प्राप्त उजुरीका आधारमा गुनासो सुनुवाइ गर्दै गरिब घरपरिवारको तथ्याङ्कलाई चुस्तदुरुस्त बनाइने अधिकृत पोखरेलले बताउनुभयो ।
यसअघि सङ्कलन गर्ने क्रममा अधुरो रहेको गरिब घरको सूचनालाई समेत यस क्रममा ‘अपडेट’ गरिने जनाइएको छ । गरिब घर परिवारको तथ्याङ्कमा भएका कमीकमजोरीलाई आगामी असार २५ गतेसम्म पारदर्शी तरिकाले सच्याइने जनाइएको छ ।
जिल्लामा आठ हजार ६६४ गरिब घरपरिवारको पहिचान भएको छ । यस्तै, पाँच हजार ३४ परिवारको भने तथ्याङ्क अधुरो रहेकाले पुनः सच्याउनुपर्ने देखिएको छ । स्रोतका अनुसार शिक्षक, कर्मचारीलगायत हुनेखानेले समेत आफ्नो परिवारलाई गरिबको सूचीमा समावेश गरेको पाइएको छ ।
मापदण्डअनुसार पहिचान भएका गरिब घरपरिवारले सरकारबाट अति गरिब, गरिब र सिमान्त गरी तीन वर्गको परिचयपत्र प्राप्त गर्नेछन् ।
२०६९ साल वैशाख २८ गतेदेखि दिक्तेल–५ का प्यारीमायाँ सर्किनीको घरबाट गरिब घरपरिवार पहिचानका लागि विवरण सङ्कलनका काम थालेको सहकारी तथा गरिबी निवारण मन्त्रालय र जिविसले जेठ २५ गतेसम्म तथ्याङ्क सङ्कलन गरेको थियो । यसका लागि तालिम प्राप्त ८० गणक तथा ११ जना सुपरीवेक्षक खटिएका थिए ।