Aamsanchar

‘विपदमा निस्पक्ष र तठस्थ रही कार्य गर’

Author Image
बुधवार, असार १५, २०७३

red cross pic
बिर्तामोड ।

नेपाल रेडक्रस सोसाइटी, एकिकृत विपद् उत्थानशील कार्यक्रमको आयोजना मा तीन दिवसीय जिल्ला स्तरीय आकास्मिक जनस्वास्थ्य तालिम सम्पन्न भएको छ ।
तालिममा महाभारा, राजगढ, ज्यामिरगढी, बालुबाढी, घेराबारी तथा कुमरखोदबाट २४ जनाले सहभागी थिए । विपद्को अवस्थामा आईपर्ने जनस्वास्थ्य सम्बन्धी आपत्कालीन अवस्थामा रेडक्रसका स्वयंमसेवकको भूमिका तथा गतिविधि सम्बन्धी ज्ञान सीप तालिममा प्रदान गरिएको थियो ।
समापन समारोहमा नेरेसो झापा सभापति लोकराज ढकालले सहभागीहरुलाई विपद्को समयमा निस्पक्ष र तठस्थ रही कार्य गर्नु भनी उत्प्रेरणा प्रदान गर्नुभएको थियो । नेपाल रेडक्रसका महेश गौतम, चिरन्जीवी कुमार काफ्ले, अम्बर भण्डारी, प्रकाश कार्की, अभिसेक पोख्रेल तथा बालुबाढी हेल्थपोष्ठ इन्र्चाज लाल बहादुर पन्तले सहभागीहरुलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो । महाभारा बाट सहभागी प्रभा सुवेदी उत्कृष्ठ प्रशिक्षार्थीको रुपमा पुरस्कृत हुनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर