Aamsanchar

शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

Author Image
बिहिवार, असार १६, २०७३

काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरीशिक्षकको नियुक्त लिएको अभियोगमा मोरङका एक शिक्षकविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

काली उमावि डाँगीहाट मोरङमा निमावि तहमा कार्यरत शिक्षक तर्पणलाल राजवंशीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अनुसन्धानका क्रममा पाइएको हो । आयोगकाअनुसार शिक्षक राजवंशीले पेस गरेको विहार इन्टरमिडियट एजुकेसन काउन्सिल, भारतबाट सन् १९९२ मा आइकम उतीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको हो ।

आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्नेविरुद्ध हदैसम्मको कारबाहीको माग गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 311

प्रतिक्रिया (०)

सम्बन्धित खबर