Aamsanchar

पार्टी प्यालेसमा एकको मृत्यु

Author Image
शुक्रवार, असार १७, २०७३

इनरुवा ।

सुनसरी सदरमुकाम इनरुवा–२ स्थित एक पार्टी प्यालेसमा बिहीबार एकजनाको मृत्यु भएको छ ।

इनरुवा–२ मा रहेको माँ जानकी पार्टी प्यालेसको शौचालयमा इनरुवा–१ को सुन पसलमा काम गर्ने ४० वर्षीय जीवछ स्वर्णकारको मृत्यु भएको हो ।

शौचालयमा घोप्टो परी मृत अवस्थामा जीवछ रहेको भेटिएको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । शवपरीक्षणका लागि जिल्ला अस्पताल सुनसरीमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर