Aamsanchar

सात वर्षदेखि फरार पक्राउ

Author Image
शुक्रवार, असार १७, २०७३

राजविराज ।

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालत काठमाडाँैबाट कैद पाएर सात वर्षदेखि फरार एक अभियुक्तलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको डाढा–८ का ६० वर्षीय नथुनीप्रसाद यादव रहेको प्रहरीले जनाएको छ । यादवलाई गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीको टोलीले घरबाटै पक्राउ गरिको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

यादवलाई २०६६ भदौ ८ गते सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद गरेको थियो । उनलाई राजविराजस्थित कारागार पठाइएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर