Aamsanchar

गुन्डा नाइके दीपक मनाङ्गे पक्राउ

Author Image
शुक्रवार, असार १७, २०७३

काठमाडौँ।
images

नेपाल प्रहरीले अपहरण, धम्की, फिरौती र असुलीको उजुरीका अधारमा दीपक मनाङ्गेलाई पक्राउ गरेको छ ।

उजुरीका आधारमा मनाङ्गेलाई गएराति राजधानीको ठमेलबाट पक्राउ गरेको काठमाडौँ परिसर प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी विक्रमसिंह थापाले जानकारी दिनुभयो ।

गुन्डा नाइकेका रुपमा परिचित मनाङ्गेलाई उहाँका सहयोगी राजीवकुमार सिंहसहित पक्राउ गरिएको हो । प्रहरीले पछिल्लोपटक हत्या, अपहरण र धम्कीका साथ गुन्डागर्दी गर्दै आएका डन, माफियामाथिको कारबाहीलाई तीव्र बनाएको छ ।

मुलुकको शान्ति सुरक्षाका लागि गुन्डाराज गतिविधि सह्य नभएको भन्दै एसएसपी थापाले यस्ता गतिविधिमा संलग्न जोसुकैलाई कानुनी कारबाही गर्न पछि नहट्ने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर