Aamsanchar

एमिटी डिवेट इष्ट प्रतियोगितामा दोस्रो

Author Image
शुक्रवार, असार १७, २०७३

aMity copy

बिर्तामोड ।

झापाको बिर्तामोडस्थित एमिटी एजुकेशन फाउण्डेशन (आदर्श शिशु सदन) एमिटीले डिवेट इष्ट प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेको छ ।
डिवेट नेटवर्क नेपालको आयोजनामा इटहरीमा भएको पूर्वाञ्चल स्तरीय अन्तरमावि वादविवाद प्रतियोगिता(डिवेटइस्ट)मा एमिटीका विद्यार्थीहरूले दोस्रो स्थान प्राप्त गरेका हुन् ।
पूर्वाञ्चल क्षेत्रका ८ वटा माविको सहभागितामा भएको प्रतियोगिताको फाइनलमा युरेका स्कूल धरानले प्रथम स्थान ओगटेको थियो । समलिङ्गी जोडीहरूलाई धर्मपुत्र–धर्मपुत्री स्वीकार गर्ने अधिकार हुनुपर्छ भन्ने शीर्षकको पक्ष विपक्षमा भएको उक्त प्रतियोगितामा एमिटी स्कूलका कक्षा १०मा अध्ययनरत् विद्यार्थीहरू राहुल अग्रवाल, विजेश अधिकारी, दिवस विष्ट, रिया न्यौपाने, रञ्जु अधिकारी र कक्षा ९मा अध्ययनरत् आकाश दाहालले दोस्रो स्थान प्राप्त गरेको विद्यालयका टिम लिडर कृष्ण निरौलाले जानकारी दिए ।
प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई डिवेट नेटवर्क नेपालका प्रदीप घिमिरे, बर्षा भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर