Aamsanchar

शान्ति समिति झापाले गऱ्यो ७६ द्वन्द्वपीडितलाई सम्मान

Author Image
शनिवार, असार १८, २०७३

santi samiti Dharampur

बिर्तामोड ।

स्थानीय शान्ति समिति झापाले ७६ जना द्वन्द्वपीडितलाई सम्मान गरेको छ ।
सशस्त्र द्वन्द्वका क्रममा पीडित बनेका व्यक्ति र परिवारलाई स्थानीय स्तरमै पुगेर शान्ति समिति झापाले सम्मान गरेको हो । पााच दिनसम्म अभियान नै सञ्चालन गरेर जिल्लाका विभिन्न स्थानमा रहेका द्वन्द्वपीडितसाग भेटघाट कार्यक्रमको आयोजना गर्दै उनीहरूलाई सम्मान समेत गरेको शान्ति समिति झापाका संयोजक सूर्यनारायण गणेशले बताए ।
कार्यक्रम अन्तर्गत गोलधाप, घेरावारी, कुमरखोद, धरमपुर गाविस र शनिअर्जुन नगरपालिकाका ७६ जना द्वन्द्वपीडितलाई सम्मान गरिएको समेत संयोजक गणेशले बताए । शान्ति समिति झापाले असार १२ गते गोलधापमा झमकनारायण थापा, तुलाराम न्यौपाने, मेदनीप्रसाद पोखरेल, सञ्चमाया तामाङ्ग, चुडामणि भट्टराईलाई सम्मान गरिएको थियो ।
त्यसैगरी तीलबहादुर निरौला, तीलप्रसाद भट्टराई, नारायणप्रसाद अधिकारी र त्रिलोचन मैनालीलाई समेत उक्त कार्यक्रममा सम्मान गरिएको हो । स्थानीय गोलधाप शान्ति समितिका संयोजक त्रिलोचन मैनालीको अध्यक्षता र स्थानीय शान्ति समिति झापाका संयोजक सूर्यनारायण गणेशको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय शान्ति समितिका सचिवालय सदस्य एवम् माले जिल्ला सचिव नवराज खरेल, द्वन्द्वपीडित सदस्य छत्र तिम्सिना, गाविस सचिव नारायणप्रसाद खतिवडा, नेकपा एमाले जिल्ला कमिटी सदस्य धर्म शिवाकोटीले लगायतले बोलेका थिए । कार्यक्रम स्थानीय शान्ति समिति झापाका सदस्य प्रेम घिसिङ्गले सञ्चालन गरेका थिए ।
यता जेठ १३ गते घेरावारी गाविस भवनमा सम्पन्न भएको कार्यक्रममा मृतक परिवारका डेलामती राजवंशी, पवित्रा अधिकारी, भगिरथा अधिकारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । द्वन्द्वपीडित गयाप्रसाद राजवंशी, उपेन्द्रलाल राजवंशी, बजारु राजवंशी, भानु चोङबाङ्ग, राजु श्रेष्ठ, लवानु गणेश, दलबहादुर मोक्तान, श्यामसुन्दर देव, यन्द्र डाागी र माला मेचेलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो । घेरावारी शान्ति समितिका संयोजक दिलकुमार लिम्बूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्थानीय शान्ति समिति झापाका संयोजक सूर्यनारायण गणेश सदस्यहरू नवराज खरेल, छत्र तिम्सिना, कार्यालय सचिव प्रविरकुमार घोष, घेरावारी गाविसका सचिव रेवतीरमण रेग्मी, स्थानीय राजनैतिक दलका प्रतिनिधि, बुद्धिजिवी र द्वन्द्वपीडित परिवारको सहभागिता रहेको थियो ।

santi samiti Kumarkhod


जेठ १४ गते कुमरखोदमा सम्पन्न भएको कार्यक्रममा मृतक परिवारका कमला खनाल, इन्द्रकुमार सुब्बा, शिवप्रसाद मैनाली, रहमान मिया, फगुवानी मियालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । विस्थापित तथा सम्पत्ति क्षति भएका द्वन्द्वपीडित चन्द्रदेव राजवंशी, रेवत केसी, धनञ्जय बराल, तेजनारायण राजवंशीलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो । कुमरखोद शान्ति समितिका संयोजक तेजनारायण राजवंशीकोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्थानीय शान्ति समिति झापाका संयोजक सूर्यनारायण गणेश माले जिल्ला सचिव नवराज खरेल, स्थानीय राजनीतिज्ञ गौरीशंकर राजवंशी, राजकुमार कोच, माधव पोखरेल, द्वन्द्वपीडितका तर्फबाट इन्द्र लिम्बू, महिलाको तर्फबाट कुन्ती बुढाथोकी, गाविस सचिव गंगाप्रसाद भट्टराईले आफ्नो धारणा राखेका थिए । कार्यक्रम स्थानीय शान्ति समिति झापाका द्वन्द्वपीडित सदस्य छत्र तिम्सिना (रोशन) ले सञ्चालन गर्नुभएको थियो ।
जेठ १५ गते शनिअर्जुन नगरपालिमा सम्पन्न भएको कार्यक्रममा मृतक परिवारका देवीप्रसाद बराल, चन्द्रकला बराल, चन्द्रप्रकाश सिटौला, नरहरी आचार्य, खेम लम्साललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैगरी द्वन्द्वपीडित तारप्रसाद उपाध्याय, मोहनबहादुर कडरिया, सुजा लिम्बू, दीपक लिम्बू, कुबेर कट्टेल, टिका कठायत, धन बहादुर मगर, रोहित खपाङ्गी, कुमार उप्रेती समेतलाई कार्यक्रममा सम्मान गरियो । शनिअर्जुन नगरपालिका शान्ति समितिका संयोजक अम्बिका खतिवडाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्थानीय शान्ति समिति झापाका संयोजक सूर्यनारायण गणेश नगरपाललिकाका कार्यकारी अधिकृत रुदप्रसाद न्यौपाने, द्वन्द्वपीडित तारा उपाध्याय, देवीप्रसाद बरालले आफ्नो धारणा राखेका थिए । कार्यक्रम स्थानीय शान्ति समिति झापाका द्वन्द्वपीडित सदस्य छत्र तिम्सिना (रोषन) ले सञ्चालन गरेका थिए ।
यसैगरी जेठ १६ गते धरमपुर गाविस भवनमा सम्पन्न भएको कार्यक्रममा चन्द्रबहादुर रिमाल, शम्भुलाल चौधरी, शम्भु खड्का, मनोज बुढाथोकी, पुष्प बजगाई, जयराम घिमिरे, तिलबहादुर थापा मगर, युवराज भण्डारी, राजकुमार ताजपुरिया, विनोद कुावरको परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । द्वन्द्वपीडित भावना प्रसाई, तीलबहादुर रानालाई समेत उक्त कार्यक्रममा सम्मान गरिएको थियो । धरमपुर शान्ति समितिका संयोजक इन्द्रबहादुर कटुवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि स्थानीय शान्ति समिति झापाका संयोजक सूर्यनारायण गणेश द्वन्द्वपीडित राधा बजगाई, मैतहाङ्ग लिम्बू, नरनारायण ढकाल, रोशन फुयााल, सीता प्रसाईले आफ्नो धारणा राखेको स्थानीय शान्ति समिति झापाका कुमार फुायालले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर