Aamsanchar

परपुरुषसंग अनैतिक सम्वन्ध राखेपछि….

Author Image
शनिवार, असार १८, २०७३

बिर्तामोड ।
आफू विदेश गएको समयमा परपुरुषसग अनैतिक सम्बन्ध राखेको भन्दै मोरङको टाडी गाविसका एक युवकले श्रीमतीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।
शुक्रबार बिहान करिब ५ बजे यामनाथ निरौलाले ३१ वर्षीय श्रीमती सीता दाहाल निरौलालाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट सीताको दुवै हात, अनुहार र गर्दनमा चोट लागेको छ । अहिले उनको झापाको बिर्तामोडस्थित वीएण्डसी टिचिङ हस्पिटलको सघन कक्षमा उपचार भइरहेको छ । पीडित सीताले भने यसअघि पनि मादक पदार्थ सेवन गरेर श्रीमान्ले पटकपटक पिट्ने गरेको गुनासो गरेकी छन् । खुकुरी प्रहार गर्ने श्रीमान् इलाका प्रहरी कार्यालय, उर्लाबारीको नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर