काठमाडौँ ।
सेयर बजारमा यो साता ३८ अङ्कले बढोत्तरी भई रु आठ अर्ब ३८ करोड बराबरको कारोबार भएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
सेयर बजारको मापक निकाय नेपाल स्कट एक्सचेन्जका अनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३८ अङ्कले बढेर एक हजार ७२३ अङ्कमा पुगेको हो । क वर्गका कम्पनीको मापन गर्ने सेन्सिटिभ इन्डेक्स समेत आठ अङ्कले बढेको छ । विकास बैंक समूह सबैभन्दा धेरै बढेको छ । स्टकका अनुसार विकास बैंक समूह ८० अङ्कले बढेको हो ।
यस्तै बिमा समूह पनि बढ्ने क्रममा नै रह्यो । सो समूह ७३, जलविद्युत् ३९, वाणिज्य बैंक ३६, फाइनान्स २४, होटल १७, उत्पादनमूलक क्षेत्र १३ तथा व्यापार र अन्य समूह एक एक अङ्कले बढेको स्टकले जनाएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
कुल १५० कंको कारोबार भएको यो सातामा कारोबार रकम भने रु आठ अर्ब ३८ करोड नौ लाखको भएको छ । उक्त कारोबार रकम अघिल्लो साताको तुलनामा करिब सात प्रतिशतले बढी हो । यो साता दुई करोड २८ लाख कित्ता सेयर खरिद बिक्री भएको स्टकको तथ्याङ्कमा उल्लेख छ ।
यसै साता जलविद्युत् लगानी तथा विकास कंको १० करोड कित्ता सेयर सूचीकृत भयो भने मेरो माइक्रोफाइनान्सको २० लाख कित्ता सेयर पनि बजारमा आएको छ । जलविद्युत् कंले सार्वजनिक सूचनामार्फत नै सेयर स्टकमा सूचीकृत भएको जनाएको थियो । रासस