Aamsanchar

बिर्तामोडमा सडकवत्तीलाई वाणिज्य संघको ५ लाख

Author Image
आइतवार, असार १९, २०७३

बिर्तामोड ।
सडक वत्ती जडानका लागि झापा उद्योग वाणिज्य संघ बिर्तामोडले रु ५ लाख रुपैयाा सहयोग गर्ने भएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जन सहभागीतामा आधारित सौर्य सडक वत्ती कार्यक्रमका लागि रकम विनियोजन गरेसंगै वाणिज्य संघले पनि रु ५ लाख रुपैयाा रकम सहयोग गर्ने भएको हो । संघले नगरको विकासका लागि सरकारको निर्णय स्वागत योग्य भएको भन्दै उक्त रकम सहयोग गर्ने निर्णय गरेको संघका अध्यक्ष वलराम कार्कीले बताउनुभयो ।
६५ प्रतिशत रकम सरकारको लगानी, १५ प्रतिशत नगरपालिकाको र २० प्रतिशत स्थानीयवासीको लागतमा सडक वत्ती जडानका लागि सरकारले बिर्तामोड नगरपालिकालाई मात्रै रु ४ करोड ६० लाख रुपैयाा रकम विनियोजित गरेको छ ।
विनियोजित रकमलाई तत्काल सदुपयोग गर्दै नगरका व्यावसायिको हितलाई मध्यनजर गर्दै वाणिज्य संघले उक्त रकम सहयोग गर्ने निर्णय गरेको कार्कीले बताउनुभयो ।
जसका लागि संघका उपाध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा गठित सडक वत्ती जडान उपभोक्ता समितिले गठन गरिएको थियो । त्यस्तै शनिश्चरे रोडमा मोहन ओली, भद्रपुर रोडमा उमेश डालमिया, कााकरभिट्टा रोडमा देवीभक्त श्रेष्ठ , अतिथि सदन रोडमा राजेन्द्रकुमार थापाको संयोजकत्वमा पनि सौर्य वत्ती जडान समिति बनाइएको छ । पााचवटै समितिलाई संघले एक / एक लाख रुपैयाा दिने निर्णय गरेको झापा उद्योग वाणिज्य संघ बिर्तामोडका कार्यालय सचिव राजु गौतमले जानकारी दिनुभयो ।
झापाका सात वटा नगरपालिकालाई सडकमा सौर्य वत्ती जडान गर्न सरकारले रु १३ करोड ७ लाख रुपैयाा विनियोजन गरेको छ ।
झापामा ८ वटा नगरपालिका रहेका छन् । जस मध्ये ७ वटा नगरपालिकाले मात्रै उक्त रकम पाएका छन् । झापामा आएको अनुदान रकम मध्ये बिर्तामोड नगरपालिकालाई बसैभन्दा बढी रहेको छ । अन्य नगरपालिकाहरु मध्ये मेचीनगरपालिकाले रु ४ करोड, शनिअर्जुनले रु १७ लाख, कनकाईले रु ५४ लाख, शिवसताक्षीले रु १० लाख, दमकले रु साढे ३ करोड र गौरादहले रु १६ लाख रुपैयाा पाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)