Aamsanchar

ट्राभल्स सङ्घ झापाको नेतृत्व चयन

Author Image
आइतवार, असार १९, २०७३

traval sang
बिर्तामोड ।
ट्राभल्स सङ्घ झापाको चौंथो साधारणसभाले शङ्कर भट्टराईको अध्यक्षतामा आगामी ३ वर्षे कार्यकालका लागि नयाा कार्य समिति चयन गरेको छ । झापाका ट्राभल्स व्यवसायीहरूको प्रतिनिधि संस्था मानिएको यस संस्थाको नाम समेत साधारणसभाले परिवर्तन गरेको छ । यस अघि झापा जिल्ला ट्राभल्स सङ्घ (जेएटीए)ले चिनिएको संस्थाको नाम परिवर्तन भएर ट्र्राभल्स सङ्घ झापा (टीएजे) बनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी डम्मरु निरौलाको प्रमुख आतिथ्यमा भएको साधारणसभाले विधान संशोधन गरी संस्थाको नाम परिवर्तन गरेको हो । साधारणले कार्य समितिको आकार ११ जनाबाट बढाएर १३ पुर्याएको छ भने २ जना महिला सदस्य अनिवार्य र दुई जना उपाध्यक्ष रहने व्यवस्था गरेको छ । नयाा कार्य समिति सर्वसम्मत रुपमा गठन भएको थियो । समितिको दुई उपाध्यक्षमा भऽपुरका गोपाल खनाल र कााकरभिट्टाका बिजय सुबेदी चयन भएका छन् । त्यसैगरी समितिको महासचिवमा यस अघिका कोषाध्यक्ष कााकरभिट्टाका पृथुराज गौतम चयन भएका छन् भने सचिवमा विर्तामोडका रविन श्रेष्ठ चयन भएका छन् । कोषाध्यक्षमा सन्तोष नेम्वाङ र सदस्यहरूमा दमकका केदार बस्नेत, कााकरभिट्टाका भरत तामाङ, कााकरभिट्टाकै हस्त कुमार तामाङ र भऽपुरका राम अधिकारी चयन भएका छन् । दुई महिला सदस्य कार्य समितिले पछि मनोनित गर्ने भएको छ । विधान अनुसार निर्वमान अध्यक्ष नीरबहादुर कार्की संस्थाको सल्लाहकार संयोजक चयन भएका छन् । निर्वाचन समितिमा पत्रकारद्वय मोहन काजी र तारामणि सापकोटा रहेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर