Aamsanchar

बाबुराम भट्टराईको निधन

Author Image
आइतवार, असार १९, २०७३

रुपन्देही-

image-24

हृदयघातका कारण निधन प्रेस स्वतन्त्रता सेनानी तथा बरिष्ठ पत्रकार पण्डित बाबुराम भट्टराईको ६६ बर्षको उमेरमा निधन भएको छ ।

बुटवलमा लामो समयदेखि पत्रकारिता गर्नुभएका भट्टराईलाई गएराती हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

राति १ बजे सम्म खेल हेर्दा हेदै उहा बेहो सभएको र उपचारको लागी लुम्बिनी अञ्चल अस्पतालमा उपचारको लागी ल्याएपनि अस्पतालमा डाक्टरले मृत्यु भैसकेको घोषणा गरिदिएको बताईएको छ । २००७ साल असार १५ गते अर्घाखाचीको खिदिमा जन्मनुभएका पण्डित हालभने बुटवल १४ तामनगरमा आफ्नै निबासमा बस्दै आउनुभएको थियो ।

उहाँका दुई छोरा र दुई छोरी र श्रीमती हुनुहुन्छ ।नेपाल पत्रकार महासंघ रुपन्देही तथा पत्रकार सम्बद्ध संघसंस्थाले उहाको निधनप्रती दुःख व्यक्त गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर