Aamsanchar

झापाको खाद्य सुरक्षा सन्तोषजनक

Author Image
आइतवार, असार १९, २०७३

भद्रपुर ।

खाद्य सुरक्षा जिल्ला कार्य समूहको  बैठकले यस जिल्लामा अगामी कात्तिकसम्मको खाद्य सुरक्षास्थिति सन्तोषजनक रहेको पाइएको छ ।

यस आव २०७२÷७३ को चैतदेखि असारसम्मको अवधिको खाद्य सुरक्षा स्थितिको समिक्षाबाट सो अवस्थाको परिणाम सार्वजनिक गरिएको हो । बैठकमा चालु आवमा जिल्लामा आठ हजार ४०० हेक्टर जग्गामा भएको हिउँदे, बर्र्खे र बेमौसमी तरकारी खेतीबाट कुल एक लाख ३९ हजार ४३६ मेट्रिक टन तरकारी उत्पादन भएको छ ।

यस्तै ३०० हेक्टरमा रहेको पोखरीबाट ९०९.०७ मेट्रिक टन माछा, ३७ हजार ६०८ हेक्टर जग्गामा एक लाख ६३ हजार ५६७ मेट्रिक टन मकै र १९ हजार ७०० हेक्टर जग्गामा एक लाख ९७ हजार पाँच मेट्रिक टन चैते धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत शीतल भट्टराईले जानकारी दिनुभयो ।

जिल्लामा अन्नको अभाव नरहेको र यहाँको उत्पादन अन्य जिल्लामा समेत खपत भइरहेको वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले बताउनुभयो । जिल्लामा दूध, अन्डा र ब्रोइलर खुकुराको मासुको अवस्था सन्तोषजनक नै रहेको पाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर